×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

८४ बर्षीया बेसहारा बृद्धालाई डा.शर्माको सहारा

६ असार २०७६

६ असार, बिराटनगर । ८४ बर्षको बृद्धा अवस्था, त्यसमाथि एक बर्ष अघिदेखि बिरामको पीडा । घरमा कोहि छैनन् र भएका आफन्तले पनि साथ नदिदा बेलवारी–४ काकुमकी बृद्धा कलमाया खड्काका लागि जिन्दगी ‘घाँडो’ भईसकेको थियो । जिन्दगीदेखि हरेस खाईसकेकी बेसहारा खड्काका लागि नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मा सहारा बनेका छन् ।

बृद्धा अवस्थामा रोगले थलिदा पनि उपचार गर्ने पैसा नभएर तड्पिरहेको खवर पाएपछि डा.शर्माले उनको उद्धार गरेका छन् । बृद्धाको उपचारका लागि डा.शर्माले घरमै डाक्टरको टोली पठाए । गंभीर बिरामी परेकी उनलाई घरमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल अस्पताल ल्याएर डा.शर्माले निःशुल्क उपचार गराएका हुन् । उनलाई एक बर्ष अघिदेखि खोकी लागिरहने, शरिर सुनिने र श्वास फेर्न गाह्रो हुने समस्या थियो ।

Advertisement
Advertisement

नोबेल अस्पतालमा निःशुल्क औषधि उपचारका साथै खाना, खाजासहित आवश्यक सम्पूर्ण बन्दोबस्ती मिलाएर उनको उपचार गरिएको हो । उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ । बिरामी हुँदा पनि सहारा दिने कोहि नभएर मृत्युको मुखमा पुगिसकेका बेला डा.शर्माले उपचार गराएर ठुलो गुन लगाएको भन्दै उनी अहिले दंग छिन् । ‘अव मेरा दिन यत्ति मात्रै रछन भन्ने लागेको थियो । सुनिल शर्मा जस्तो धर्मात्मीले उपकार गर्दिनाले मर्न लागेकी म बुढीले पुर्नजन्म पाए ।’ उनले भनिन् ।

निसन्तान कलमाँयाको साथमा अहिले कोहि छैनन् । २६ बर्ष अघिनै श्रीमानको निधन भयो । अरु कोहि आफन्त पनि साथमा नहुँदा उनी बेसहारा छिन् । ८४ बसन्त पार गरिसकेकी उनी छियाछिया भईसकेको झुपडीमा बस्छिन् । केहि काम गर्न सक्दिनन् । बृद्धभत्ताबाट आएको रकमले जेनतेन जाउलो खाएर जिविका चलाउँछिन् । तर, बिरामी भएर उठ्नै नसकेका वेला उपचार गर्ने पैसा त कता हो कता तातोपानी तताएर दिने मान्छेसमेत नहुँदा उनको बिजोग भएको थियो ।

Advertisement

स्थानीय महेन्द्र सुवेदी, राजेन्द्र अधिकारी, चन्द्र लिम्बु लगायतले डा.शर्मालाई उनको दयनीय अवस्था बताएर उद्धारमा सहयोग गरेका थिए । करिव दुई हप्ताको उपचार पश्चात निको भएर उनी अहिले घर फर्किएकी छन् । समाजसेवामा सक्रिय डा. शर्माले उनी जस्ता धेरै गरिव, बिपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाएका छन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top