विराटनगर : चालु आर्थिक वर्षको ११ महिनामा विराटनगर महानगरपालिकाले आधा भन्दा कम राजस्व असुली गरेको छ । गत आर्थिक वर्षभन्दा दोब्ब राजस्व असुली गर्ने लक्ष्य राखेको महानगरपालिकाले हालसम्म ३० करोड ६३ लाख मात्र राजस्व असुली गर्न सफल भएको हो । यो लक्ष्य भन्दा करिब २३ करोड ९३ लाख ३ हजार सय ९२ रुपैँया कम हो ।
चालु आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड ३ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । महानगरपालिकालाई तिर्नुपर्ने कर तथा राजस्व वडास्तरबाट संकलन गर्न थालेपनि असुली न्युन भएको हो । आर्थिक वर्ष २०७४–७५ मा पनि महानगरपालिकाले लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको थिएन ।