संखुवासभा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कोशी ब्युरो सदस्य खाँदबारीबाट पक्राउ परेका छन् ।,यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रहरीले सदरमुकाम खाँदबारी–७ नयाँ बजार मोलपोत कार्यालय नजिककैबाट पाँचखपन नगरकालिका–६ का बाबुराम राई ‘विवश’ लाई पक्राउ गरेको हो ।
राईलाई बिहीबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए ।
राई विप्लव नेतृत्वको राष्ट्रिय युवा जनस्वयम सेवकको केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य भए पनि पछिल्लो समय पार्टी प्रति असन्तुष्टी भएकाले निष्कृय भएर घर परिवारसँगै बस्दै आएको स्रोतको भनाइ छ ।