फेसबुक, गुगल नचले पुरै पैसा फिर्ता दिने हुवावेको घोषणा

८ असार ७६, सोमबार

काठमाडौं। हुवावेले आफ्ना स्मार्टफोनहरुमा गुगल, फेसबुक लगायतका एपहरु नचले शतप्रतिशत क्यासब्याक दिने भएको छ । गुगलले आफ्ना एपहरु हुवावेको स्मार्टफोनमा नचल्ने घोषणा गरेपछि खस्किएको हुवावेका स्मार्टफोनहरुको बजारलाई माथि उकास्न हुवावेले यस्तो रणनीति लिएको हो ।

नेपालका लागि हुवावे मोबाइलको आधिकारिक विक्रेता कल मोबिलिटी प्रा.लि. ले आफ्ना डिलरलाई पत्र लेख्दै त्यसरी एपहरु नचलेको अवस्थामा खरिद मूल्यको शतप्रतिशत रकम फिर्ता हुने विश्वास ग्राहकहरुलाई दिन आग्रह गरेको छ । यसबारे कल मोबिलिटी सर्भिसले केही दिनभित्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक रुपमा त्यस्तो जानकारी दिने तयारी गरेको समेत बताइएको छ ।

याे व्यवस्था हुवावेका सबै स्मार्टफोनहरुमा लागु हुनेछ । हुवावेले हाल नेपालमा वाई सिरिज, नोभा सिरिज, ट्याव सिरिज, पी–सिरिज र मेटसिरिज गरि ५ ओटा सिरिजका ३० भन्दा बढी मोडलका स्मार्टफोनहरु विक्री गर्दै आएको छ । नेपाली बजारमा हुवावेकाे बारेमा भएका भ्रमहरुलाई मेटाउन आफुहरुले यो अफर ल्याएको कम्पनीका मार्केटिङ म्यानेजर रोशन न्यौपानेले दाबी गरे । ‘फेसबुक र गुगलका एप्स चल्दैन भन्नु सबै भ्रम हुन्, यि सबै एपहरू १०० प्रतिशत चल्छन्’, उनले भने ।

Advertisement

हुवावेले आफ्ना स्मार्टफोनहरुमा राखिएका विभिन्न फिचरहरुमार्फत् आफ्ना ग्राहकहरुको गोप्य सूचना संकलन गरी चीन सरकारलाई दिने गरेको र यसले अमेरिका लगायत अन्ग देशको सुरक्षामा प्रतिकुल असर परेको भन्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अमेरिकामा प्राविधिक संकटकालको घोषणा गरेका थिए । त्यसको २ दिनपछि हुवावेलाई अमेरिकामा बन्देज गरिएको थियो भने अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यापारिक सम्बन्ध नराख्न समेत ट्रम्प प्रशासनले निर्देशन दिएको थियो ।

त्यसलगत्तै गुगलले आफ्ना एपहरुमध्ये केही एपहरु हुवावेको मोवाइलमा अपडेट नहुने व्यवस्था गर्ने जनाएको भए पनि हाल त्यो निर्णय अन्तरिम कालका लागि फिर्ता गरिएको छ तर यो निर्णयले हुवावेको बजारमा भने ठूलो हलचल ल्याइदिएको थियो । उक्त निर्णय पछि नेपाली बजारमा पनि हुवावेको बिक्रीवितरणमा ठुलो प्रभाव देखिएको थियो।

Advertisement

यसै बजार हल्लालाई चिर्दै आफ्नो व्यापारको गतिलाई पुनस्र्थापित गर्ने प्रयासस्वरुप यो रणनीति अपनाइएको हो । हुवावेले अन्य देशहरुमा पनि यस्तै व्यवस्था गर्दै फेरि ग्राहकहरुमा छाउने प्रयत्न गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top