कुमार पौडेल मृत्यु प्रकरण : घटनाको एक साता भित्र छानविन प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन

Share this
695shares

९ असार, काठमाडौँ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

Advertisement

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एक साता भित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

सो घटनाको सत्यतथ्य बाहिर ल्याउनेगरी छानवीन गरेर समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

Advertisement

बैठकमा समितिका सदस्यहरुले सरकारले मुडभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दावी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले ५/६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुडभेडमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैले गरेको भन्दै आपत्ति जनाए । संवैधानिक बाटोबाटै संविधान उलंघन गर्नेहरुलाई कार्वाही गनुपर्नेमा सरकार आफैले गलत बाटो लिएको उनको भनाई थियो ।

यता, गृहमन्त्री थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुडभेड नचाहेको बताएका थिए । उनले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको बताए । गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने काम गरिरहेको दावी पनि गरे ।

Advertisement

असार ५ गते प्रहरीले चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई लालबन्दीमा हत्या गरेपछि सरकारले त्यसलाई भुडभेड भन्दै आएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top