विराटनगर महानगरले पत्रकारलाई दिएको पुरस्कार विवादमा, महासंघ र पत्रकारबीच आरोप प्रत्यारोप

१० असार, विराटनगर । विराटनगर महानगरपालिकाले चौथो नगरसभाका अवसरमा विराटनगरमा सक्रिय पत्रकारलाई प्रदान गरेको पुरस्कार विवादमा परेको छ ।

महानगरपालिकाले विना आधार ११ जना पत्रकारहरुलाई सम्मान गरेको प्रति पत्रकार महासंघ मोरङ शाखाले आपत्ति जनाएपछि महानगरको पुरस्कार विवादमा परेको हो । महासंघले निश्चित कार्यविधि विनै पत्रकार र गैरपत्रकारलाई निर्णायक तहमा भएकै कारण खुसी पार्ने काममा बक्सिस दिएजस्तो पुरस्कार वितरण गरेको भन्दै विज्ञप्ति मार्फत आपत्ति जनाएको छ । पत्रकारको निर्णायक भुमिका भन्दा बाहिरका पुरस्कार लिन बन्द गर्नेगरी आचारसंहिता निर्माण गनुपर्ने बहस चलिरहेका बेला स्वयं ब्यक्तिले पनि सम्मानको अनुभुति गर्न नसक्नेगरी प्रदान गरिएको पुरस्कारले थप बहसको अवस्था सिर्जना गरेको महासंघको विज्ञप्ति मार्फत ठहर गरेको छ ।

महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल सचिव अर्जुन आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘ के कति कारण र अवस्थामा आज हाम्रा पत्रकार साथी र गैरपत्रकार गरी ११ जना रातारात सम्मान तथा पुरस्कारका हकदार भए ? निर्णायक तहमा भएकै आधारमा आफुखुसी गोजीको सम्पत्तिझैँ निगाहा र बक्सिस दिएजस्तो पत्रकार खुसी पार्ने नाममा मिती २०७६ असार १० गते विराटनगर महानगरपालिकाको तर्फबाट दिएको पुरस्कार भद्धा र नाटक मात्र भएको हाम्रो ठहर छ ।’ महासंघले पत्रकार महासंघजस्तो गौरवशाली संस्थाको तेजोबध गर्ने षड्यन्त्रकोरुपमा केही व्यक्तिको इशारामा अपारदर्शी रुपमा पुरस्कार वितरण गरेको भन्दै भत्सर्ना पनि गरेको छ । महानगरपालिकाले मंगलबार नगरसभामा ११ जना पत्रकारलाई जनही १५ हजारका दरले पुरस्कार प्रदान गरेको छ । महानगरले पत्रकार विनोद सुवेदी, यज्ञ अधिकारी, अनिल श्रेष्ठ, हरि अधिकारी, धीरज दाहाल, प्रेम देवान, गोपाल पोखरेल, व्रम्हदेव यादव, निर्मल ढुंगाना, सुशीला पाठक र सत्यनारायण शर्मालाई नगदसहित सम्मान गरेको हो ।महासंघको विज्ञप्तिमा पुरस्कार पाउनेमा गैरपत्रकार भनेर उल्लेख गरेपनि नाम भने उल्लेख गरिएको छैन । महानगरको सम्मान र महासंघको विज्ञप्तिपछि सामाजिक संजालमा भने पक्ष विपक्षमा वहस सुरु भएको छ ।

Advertisement

पुरस्कार पाउनेहरुले पनि निकाले विज्ञप्ति
महानगरको पुरस्कार र सम्मानपछि महासंघका तर्फबाट सम्मानको कडा शब्दमा र्भत्सना गरेपछि पुरस्कार प्राप्त गर्ने पत्रकारहरुले पनि विज्ञप्ति जारी गर्दे महासंघको विज्ञप्तिको विरोध गरेका छन्  । पुरस्कार पाएका मध्ये ७ जनाको मात्रै हस्ताक्षर रहेको विज्ञप्तिमा महासंघको अधिनायकवादी रवैयाप्रति घोर आपत्ति र खेद छ भनिएको छ । विज्ञप्तिमा स्वयम महासंघले महानगरबाट ५ लाख रुपैया लिएको उल्लेख गरिएको छ । महासंघ अध्यक्षले सुरुमा तस्वीरसहित सामाजिक संजालमा बधाई दिएको तर क्षणभरमै छेपारोले रङ फेरेझै विज्ञप्ति मार्फत आएको अध्यक्षको अभिब्यक्तिप्रति विज्ञप्तिमार्फत घोर विरोध गरिएको छ । विज्ञप्तिमा महानगरबाट ११ जना श्रमजीवि पत्रकार सम्मानित हुदा अध्यक्ष र सचिवको किन टाउको दुख्यो भनी प्रश्न समेत गरिएको छ । महासंघको विज्ञप्ति पत्रकार महासंघको आधिकारिक धारणा नभई अध्यक्ष र सचिवको मात्रै नाटक मञ्चन भएको पत्रकारहरुद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा विनोद सुवेदी, यज्ञ अधिकारी, धीरज दाहाल, गोपाल पोखरेल, व्रम्हदेव यादव, निर्मल ढुंगाना र सुशीला पाठकको हस्ताक्षर रहेको छ । सम्मानित भएर विज्ञप्ति निकाल्नेहरुमा पाठक भने मोरङ शाखाकी उपाध्यक्ष हुन्  ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top