गाउँपालिका अध्यक्षको कार्यकक्षमै बम, २० घन्टापछि सेनाद्वारा डिस्पोज

Share this
687shares

जाजरकोट : अज्ञात समूहले वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको कार्यकक्षमा राखेको सकेट बम नेपाली सेनाले २० घन्टापछि डिस्पोज गरेको छ। ११ घन्टाको यात्रा गरेर सदरमुकामबाट गएको सेनाको टोलीले मंगलबार साँझ ७ बजेतिर बम डिस्पोज गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार सेनाले एउटा सकेट बम र अर्को जिआइपाइप र स्टीलको वट्टालाई नियन्त्रणमा लिएर हटाएको हो।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement

गएराति करिब १२ बजेतिर राखिएको उक्त बम डिस्पोजको लागि नेपाली सेनाको एक टोली मंगलवार विहान ८ वजे खलंगाबाट वारेकोटतर्फ गएको थियो। सेनाको ज्वाला दल गणका सहसेनानी जयराम घिसिङको नेतृत्वमा गएको टोलीले बम डिस्पोज गरेको हो। सेनाको टोली वारेकोट नपुगेसम्म इलाका प्रहरी कार्यालय रामीडाडाका प्रहरीहरुले बम राखिएको क्षेत्रमा सुरक्षा दिएका थिए। वम राखेको कुरा प्रहरी र स्थानीयले विहान ६ बजे मात्र थाहा पाएका थिए। गाउँपालिकाका अध्यक्ष शाहको कार्यकक्ष प्रवेश गर्ने ढोकामा बम राखेका कारण मंगलबार गाउँपालिकाको काम पुरै ठप्प रह्यो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top