एजेन्सी, माघ १२
बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्पानियोललाई समग्रमा दुई–एकले हराउदै बार्सिलोनाले अन्तिम चारमा ठाँउ सुरक्षित गरेको हो ।
पहिलो लिगमा एक शुन्यले पराजित भएको बार्सिलोनाले गएरातिको दोस्रो लिगमा भने दुई शुन्यको जीत निकालेको हो । बार्सिलोनाको जीतमा लियोनेल मेसी र लुइस स्वारेजले एक–एक गोल गरे ।
गएरातिको खेलमा फिलिपे काउटिन्होले डेब्यु गरेका छन् । उनी लिभरपुलबाट यसै सिजन १ सय ४२ मिलियन पाउण्डमा बार्सिलोना स्थानान्तरण भएका थिए ।
स्पानियोलसँगको खेलको ६८ औं मिनेटमा कप्तान आन्द्रे इनिष्टाको स्थानमा काउटिन्हो मैदान प्रवेश गरेका थिए । साथै खेलमा बार्सिलोना छोड्न लागेका जाभियर मास्चेरानोले फ्यानसँग बिदा लिएका थिए ।