हिसान स्पोर्टस् मिटमा तीन कलेज फाइनलमा, चार सेमिफाइनलमा

१२ माघ ७४, शनिबार

विराटनगर, माघ १३
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिटमा शुक्रबार भएको विभिन्न खेलमा तीन वटा कलेज विजयी भइ फाइनलमा र चार वटा सेमिफाइनलमा प्रवेश गरका छन् । हिसान मोरङको आयोजनामा विराटनगरमा भएको बास्केटबलमा विराटनगरमा रहेको भानु, मेरील्याण्ड, क्रिकेटमा शिक्षादीप विजयी भइ फाइनलमा प्रवेश गरे भने फुटबलमा ग्रिनल्याण्ड, मेरील्याण्ड, पुरुष भलिबलमा मोर्डन एरा, कान्तिपुर विजयी भइ सेमिफाइलनमा प्रवेश गरेका हुन् ।

विराटनगरमा रहेको मेरील्याण्ड कलेजको खेल मैदानमा शुक्रबार भएको बास्केटबलमा भानु कलेज ‘वाक ओभर’ को आधारमा फाइनलमा प्रवेश गरेको छ । लर्डबुद्ध कलेज निर्धारीत समयसम्म खेलमैदानमा नआएपछि आयोजकले ‘वाक ओभर’ को आधारमा भानुलाई विजयी घोषणा गरेको हो । जितसँगै भानुले आइतबार हुने फाइनलमा विराटनगरमा रहेको मेरील्याण्ड कलेजसँग प्रतिस्पर्धा गर्नेछ । मेरील्याण्ड कलेजले सेमिफाइनलमा कान्तिपुर कलेजलाई ३८–१३ पइन्टले पराजित गरी मेरील्याण्डले फाइनलको यात्रा सुरीक्षत गरेको हो । सेमिफाइनको म्यान अफ द बास्केटबल मेरील्याण्डका सार्थक भट्टराईले १४ पइन्ट ल्याएर घोषित भए ।

Advertisement

त्यसैगरी विराटनगरको बैजनाथपुरको रङ्गशालमा भएको क्रिकेटतर्फ शिक्षादीप कलेज फाइनलमा प्रवेश गरेको छ । शिक्षादीप कलेजले एभरेष्ट कलेजलाई ४९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एभरेष्टले टस जितेर शिक्षादीपलाई ब्याटिङको अवसर दिएको थियो । ब्याटिङ गर्दै शिक्षादीप निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ६ रन बनायो । जसमा अनोज यादवले २५, उत्सव बराल २१ र बालकृष्ण यादवले १३ रन बनाए । बलिङमा सागर खरेलले ३ र पियुष अग्रवालले २ विकेट लिए ।

१ सय ७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको एभरेष्टले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा ५७ रनमै समेटियो । जसमा सौगात ढकालले १६ र आयुष श्रेष्ठले ११ रन बनाए । बलिङमा रेवती यादवले ३ र अमन अलीले २ विकेट लिए । म्यान अफ द म्याच शिक्षादीपका रेवती यादव भए । शनिबारको अन्तिम सेमिफाइनल खेल कान्तिपुर कलेज र भानुमेमोरियल कलेजबीच हुनेछ ।

Advertisement

स्थानिय सहिद रङ्गशालामा शुक्रबार भएको फुटबलको पहिलो खेलमा कान्तिपुर कलेजलाई २–० गोल अन्तरले पराजित गरी ग्रिनल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातदेखि दबाबमा रोखेको कान्तिपुरलाई ग्रिनल्याण्डका शरद राईले पहिलो हाफको २६ औं मिनेट र दोस्रो हाफको १४ औं मिनेटमा गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यादन अफ द म्याच ग्रिनल्याण्डका मौसम सुब्बा घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा कोवासलाई २–० गोल अन्तरले पराजित गरी मेरील्याण्ड सेमिफाइलनको यात्रा तय गर्यो । निकै रोमान्चक भएको खेलमा पहिलो हाफसम्म गोल रहित खेल बराबारी भयो । दोस्रो हाफदेखि आक्रमक रुपमा मैदान उत्रिएका मरील्याण्डका विजयी पोखरेलले ३६ औं मिनेटमा गोल गरी अग्रता दिलाए । खेलको अन्त्यमा थप गरिएको अतिरिक्त समयको ६१ औं मिनेटमा मेरिल्याण्डका पोखरेलले थप गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यादन अफ द म्याच स्विकार भट्टराई घोषित भए ।

विराटनगरको कोशी क्याम्पसमा भएको पुरुष भलिबलको पहिला खेलमा मोर्डन एराले अरनीको कलेजलाई २५–१२, २५–१२ को सोझो सेटले पराजित गरी मोर्डन एरा सेमिफाइनलको यात्रा सुरकक्षीत गरेको हो । सोही दिन भएको दोस्रो खेलमा कान्तिपुर कलेजले मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको एभरेष्टलाई २५–२०, २५–१४ को सोझो सेटले पराजित गरी कान्तिपुर सेमिफाइनलको यात्रा तय गर्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top