निजगढ विमानस्थलमा दुई केपी ओलीबीच घमासान

१४ असार ७६, आइतबार

१५ असार, काठमाडौँ ।

Advertisement

निजगढ अन्तराष्ट्रिय विमानस्थलमा दुई केपी ओलीबीचको अन्तरद्वन्द्व उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीले नेतृत्व गरिरहेको लगानी बोर्डले विमानस्थल निर्माणका लागि लगानी जुटाउने प्रयास गरिरहेको छ भने प्रधानमन्त्री ओलीले नै नेतृत्व गरिरहेको पर्यटन मन्त्रालय त्यसमा असन्तुष्ट देखिन्छ ।

नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना हेर्ने फाँटका प्रमुख प्रदीप अधिकारी भन्छन-‘निजगढमा निजी कम्पनी आउँदैनन्, ३० वर्षमा लगानी उठाउने आयोजनामा निजी कम्पनीको सम्भावना छैन्, तर अहिले लगानी बोर्ड मार्फत अघि बढाउने भनेर उतै लगिएको छ ।’ हाल मुआब्जा वितरण, पुनर्बास, रुख कटान लगायतका काम प्राधिकरणले गरिरहेको छ ।

Advertisement

लगानी बोर्डले भने लगानी सम्मेलनमा निजगढ विमानस्थलमा लगानी आव्हान गरेको थियो । त्यसमा ७ वटा विदेशी कम्पनीहरुले इच्छा देखाएका छन् । ती कम्पनीहरुसँग वार्ताका लागि सन २०२० फेब्रुअरीसम्मको समय तोकिएको छ । ‘सन २०२०को फेब्रुअरी महिनासम्म आवेदन दिएका कम्पनीहरुसँग छलफल र सहमतिको समय तोकिएको छ, सो अवधिसम्म कुन मोडलमा निजगढ विमानस्थल बनाउने भन्ने एकिन होला’, लगानी बोर्ड उच्च स्रोतले भन्यो ।

अधिकारीले भने कहिले आफैं बनाउने, कहिले जी टु जी भन्ने त कहिले निजी क्षेत्रलाई दिने भनेर सरकारले निजगढ विमानस्थललाई भकुण्डो बनाएको आरोप पनि लगाए । ‘२०७३ जेठमा केपी ओली सरकारले आफैं बनाउने निर्णय गरेको थियो, पछि जी टु जीमा जाने भनियो, फेरि निजी कम्पनी खोज्न लगानी बोर्डलाई दिइएको छ, आखिर सरकारले गर्न चाहेको के हो ? पहिले त्यो स्पष्ट हुनुपर्छ’, संसदको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा आक्रोश पोखे ।

Advertisement

२०७३ सालमा १ खर्ब २० अर्ब लागतमा पहिलो चरणको विमानस्थल निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको थियो । हाल यसको लागत १ खर्ब ५० अर्ब पुगेको पनि अधिकारीले जानकारी दिए । उनले रुख काट्ने निर्णय गरिनुपर्ने तथा निर्माण मोडलबारे सरकारले ठोस निर्णय गर्नुपर्ने बताए । ‘हामीले जे गर्नु पर्ने हो त्यो गरिरहेका छौं, कसरी बनाउने ? स्रोत कसरी जुटाउने त्यो सरकारले टुंगो लगाउने विषय हो,’ अधिकारीले भने । निजगढ विमानस्थलका लागि ४ हजार हेक्टरको ७ लाख रुख काटेर एउटा रनवे सहितको पूर्वाधार निर्माण गर्ने गरि डीपीआर तयार हुँदैछ ।

प्रधानमन्त्रीले नेतृत्व गरेको लगानी बोर्ड र पर्यटन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण दुबै निजगढ विमानस्थलमा संलग्न छन् । प्राधिकरणका नव नियुक्त महानिर्देशक राजन शर्माले पनि लगानी बोर्ड मार्फत लगानीकर्ता खोज्ने काम अघि बढेकाले निर्माण मोडलबारे प्राधिकरणले कुनै काम अघि बढाउन नसकेको भन्दै असन्तुष्टी पोखे ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top