Nepal Times
Nepal Times
3
Shares

काबुल बम आक्रमणबारे बोल्यो नेपाल

काबुल बम आक्रमणबारे बोल्यो नेपाल

काठमाडौँ– नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ ।  उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै सरकारले उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त जघन्य घटनाका दोषीलाई अफगान सरकारले शीघ्र कानूनको कठघरामा उभ्याउने विश्वास पनि नेपाल सरकारले व्यक्त गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.