बहसमा प्रहरीको समायोजन ,२६ हजार प्रहरी प्रदेशमा

१९ असार, काठमाडौँ ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समायोजनका लागि नेपाल प्रहरीले आवश्यक आधार तयार पारिसकेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुसासन समितिको विहीबारको बैठकमा प्रहरी प्रमुख खनालले सैद्धान्तिक विषयमा निक्र्योल भएपछि आफुहरु कुनै पनि समयमा समायोजनका लागि तयार रहेको बताएका हुन् ।

प्रदेश अनुसार आवश्यक पर्ने जनशक्तिको खाका तयार पारिएको र अहिले २६ हजार जनशक्ति प्रदेशमा पठाईसकिएको उनले बताए । समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रदेश सरकार सरकार जस्तो नै नभएका कारण सर्वसाधरणमा राज्य संञ्चालन व्यवस्था प्रति नै आशंका उब्जिएकाले सक्दो छिटो प्रदेश प्रशासनले आफ्नो हातमा कमाण्ड लिएर जनतालाई विश्वस्त पार्ने वातावरण मिलाउनुपर्ने बताए । उनले कुन स्तरको पद सम्म प्रदेशमा भर्ना हुने र कुन स्तरको पद भन्दा माथिको संघमा भन्ने स्पष्ट पार्नुपर्ने बताए । त्यसैगरी तालिम भर्ती नीति , मापदण्ड लगायत विषयको टुंगो लगाउनुको साथै पुल र फाजिल दरबन्दीको सट्टा आवश्यक पर्दा परिचालन गर्ने गरि रिर्जभको व्यवस्था मिलाउन सुझाव दिए ।

बैठकमा समिति सदस्य पम्फा भुसालले संगठनको सर्भे गरेर सोही आधारमा स्मार्ट सुरक्षा व्यवस्था हुने गरि समायोजन गरिनुपर्ने बताइन् । उनले समायोजनको क्रमम अधिकार सम्पन्न पालिकाको व्यवस्था गर्ने लगायत संविधानले प्रदेश सरकारलाई दिएको अधिकार क्षेत्रलाई पनि ध्यानमा राखिनुपर्ने बताइन् ।

Advertisement

छलफलपछि कर्मचारी प्रहरीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ३ को उपदफा ५ र दफा १४ तथा अन्य विवादित विषयमा गृहमन्त्रालयले विहिबार सांझ सम्म प्रतिवेदन तयार पारी समितिमा बुझाउने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top