Nepal Times
Nepal Times
3
Shares

एक वर्षीया बालिकाको पौडि खेल्ने अचम्मको कला (भिडियो)

एक वर्षीया बालिकाको पौडि खेल्ने अचम्मको कला (भिडियो)

१९ असार, काठमाडौं ।

भनिन्छ सही वातावरण र अवसर पायो भने बालबालिकाले पत्याउन नसक्ने कला पनि देखाउन सक्छन् । यस्तै अचम्मको कला रहेको छ अमेरिकाको फ्लोरिडाकी एक वर्षीया बालिकामा ।

उनी भर्खर एक वर्षकी भइन्। तर, उनले सामान्य मानिसले पत्याृनै नसक्ने कला देखाएर चकित पारेकी छिन् । उनी पौडीमा दख्खल छिन्।सुन्दा पत्यार नलागे पनि उनले पौडी खेलेको भिडियोले पत्याउन बाध्य पार्छ। उनको त्यो भिडियोले अहिले संसारभर चर्चा पाइरहेको छ । भिडियोमा उनले कसैको सहाराबिना नै बालिका मज्जाले पौडी खेल्दै गरेको देखिन्छ।

बालिका पानीभित्र सजिलैसँग दायाँ,बायाँ,उल्टो, सुल्टो फर्किदै पौडिन सक्छिन्।बालिकाले पौडिदा ब्याक स्ट्रोक, फ्रन्ट क्रल र तीनैवटै विधि प्रयोग गरेको देखिन्छ। फ्लोरिडाकी ग्रेस फनेली आफ्नी छोरीलाई सानै उमेरदेखि पौडी खेलाउन चाहन्थिन्। त्यसैले उनले छोरीको आत्मविश्वास बढाउन जन्मेको छ महिनादेखि पौडी सिकाउन सुरु गरिन्। फनेलीका अनुसार नानीले ९ महिनाको उमेरमै पौडी खेल्न सिकेकी हुन्।

फनेलीको अर्की ३ वर्षीया छोरी पनि पौडी खेल्नमा सिपालु छिन्। बालिकाकी आमाले आफै गुरु बनेर दुवै छोरीलाई पौडी खेलाउन सिकाएकी हुन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.