×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

प्रधानमन्त्री रोजगार कार्यक्रम : ५२ राउटेलाई रोजगारी

१९ असार २०७६

१९ असार, दल्लु ।
कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत समुदायका युवा र महिला गरी ५२ जनालाई रोजगारी दिइएको छ । कार्यक्रमअन्तर्गत रोजगारी पाएको राउटेलाई नाङ्गो डाँडाहरुमा वृक्षरोपण गर्न लगाइएको छ । उनीहरुले वन संरक्षणको कार्य गर्ने गाउँपालिकाले जनाएको छ ।

Advertisement
Advertisement

उनीहरुले टिमुर, काउलो लगायतका बिरुवा रोप्नाका साथै वन संरक्षणको कार्य गर्नेछन् । त्यसका लागि गाउँपालिकाले विभिन्न औजारहरुसमेत उपलब्ध गराएको छ ।
राउटेहरु अब रूख काट्ने र मास्ने मात्र नभई वृक्षरोपण गर्नुपर्छ भन्ने भावना जगाउने गाउँपालिकाले लक्ष्य लिएको छ । उनीहरुलाई काम गरेबापत राष्ट्रिय मापदण्डको आधारमा प्रतिदिन प्रतिव्यक्ति ५१७ रुपैयाँका दरले ज्याला उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गुराँस गाउँपालिकाको स्थायी नागरिकका रुपमा रहेका राउटे समुदायका व्यक्तिहरुको नाम बेरोजगारमा सूचीकृत गरेर रोजगारी दिएको अध्यक्ष ओलीले बताए । गाउँपालिकाभित्र हुने विभिन्न विकास निर्माणका काममा राउटे समुदायलाई पनि समावेश गरेर व्यवस्थित ढङ्गबाट परिचालन गरी कार्यक्रमलाई सफल बनाउने उनको दाबी छ ।

राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले राउटे समुदायलाई सबैले वन विनाश गर्छन् भनेर बुझ्ने गरेकामा त्यसलाई सकारात्मक चेतना दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राउटेहरुले वृक्षरोपण गर्ने कार्यमा लागेको बताए ।

“यसअघि जथाभावी वन विनाश हुन्थ्यो, वातावरणमा नकारात्मक प्रभाव पथ्र्यो, उनीहरुलाई नै वृक्षरोपणको कार्यमा संलग्न लगाएपछि राउटे समुदायलाई पनि वनप्रति अपनत्व जाग्नेछ”, उनले भने ।यो कार्यक्रमले राउटे समुदायमा वन विनाश रोक्नुपर्छ र वन संरक्षणमा जागरण ल्याउन मद्दत पुग्ने उनको भनाइ छ ।

Advertisement

कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र आयआर्जनका कार्यहरु पनि भइरहेको रोजगार संयोजक मोहन पौडेलले बताए । रोजगारी पाएका राउटे युवा मात्र नभई महिलाहरुसमेत वृक्षरोपणको कार्यमा खटिएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतिनी खोला किनारबाट एक महीनाअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारमा उनीहरुले बस्ती सारेका छन् । राउटे समुदायको जनसङ्ख्या १४६ छ । उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी रहेका छन् । (रासस)

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top