पत्रकारको आन्दोलन सरकारका लागि खतरा : कृष्ण पहाडी

२० असार, काठमाण्डौ ।

नागरिक अगुवा कृष्ण पहाडीले सरकारले प्रेस स्वतन्त्रता विरोधी कदम जारी राखे प्रतिकारमा हुने आन्दोलनले सरकार स्वयम् खतरामा पर्ने चेतावनी दिएका छन् ।

नेपाल पत्रकार महासंघले शुक्रबार सञ्चार ग्राममा गरेको अन्तरक्रियामा नागरिक अगुवा पहाडीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने हरकत कायमै रहिरहे त्यसपछि उत्पन्न परिस्थितिको सरकार स्वयम् जिम्मेवार हुनुपर्ने बताए । उनले प्रेस स्वतन्त्रता रक्षाका लागि महासंघको नेतृत्वमा हुने आन्दोलनले सरकार मात्रै नभई सरकारको नेतृत्व गरेको पार्टीलाई नै सिध्याउने दाबी गरे । दुई तिहाईको बलमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयक पास गर्ने प्रयास भएमा जेल भराउ अभियान संञ्चालन गर्न महासंघलाई उनले सुझाव दिए । महासंघको आन्दोलन चर्किदै जाँदा त्यसले सरकार विरोधी आन्दोलनको स्वरुप लिने उल्लेख गर्दै उनले राजनीतिलाई अपराधिकरण गर्ने र प्रेसको ढुकढुकी मास्ने प्रयत्न नगर्न सरकारलाई चेतावनी दिए । माफियाले गाँजेको सरकारले माफिया विरोधी समाचारमा नियन्त्रण गर्ने उद्देश्य साथ प्रेस स्वतन्त्रता विरोधी अभियान अन्र्तगत नै विधेयकहरु ल्याएको उनले दाबी गरेका छन् । कार्यक्रममा महासंघका पुर्व अध्यक्ष शिव गाउँलेले संविधानको दायरा नाघेर दुई तिहाईको बलमा विधेयक पास गर्ने काम गरियो भने पनि न्यायिक चुनौतिको बाटो खुल्ला नै रहने भएकाले सोही माध्यमबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक सुरक्षित गर्न सकिने बताए ।

Advertisement

महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल लगायत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकमा उल्लेखित प्रेस विरोधी प्रावधान हटाउने प्रतिवद्धता सत्तारुढ दलबाट आउनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top