सरकारविरुद्ध आन्दोलन गर्ने डा.गोविन्द केसीको चेतावनी

२६ असार, काठमाडौँ ।
वरिष्ठ चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक केसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै तत्काल सो प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन् ।

योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी सो आयोगको उपाध्यक्ष छनौट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया खारेज गर्न सरकारसँग माग गर्नु परेको उनको स्पष्टिकरण छ । वरिष्ठ चिकित्सक केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्य क्षमता प्रमाणित भईसकेको व्यक्ति नियुक्त गर्न सरकारलाई सचेत पनि गराए । उनले त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।

पत्रकार सम्मेलनमा वरिष्ठ चिकित्सक केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आम नागरिकको मुख थुन्ने गरी आएको दावी गर्दै तत्काल खारेज गर्न पनि सरकारलाई दवाव दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top