स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु

१७ माघ ७४, बुधबार
Share this
767shares

काठमाडौँ, माघ १७
स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसंग वार्षिक संयुक्त समीक्षा बैठक शुरु भएको छ । मन्त्रालयको नेतृत्वमा आजदेखि शुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिँदै छ ।

Advertisement

मन्त्रालयका अनुसार स्वास्थ्यमा ८० प्रतिशत बजेट नेपाल सरकार र २० प्रतिशत दातृ निकायको लगानी छ । उक्त मन्त्रालयसँग राष्ट्रियस्तरका नौँ विकास साझेदार संस्थाले सहकार्य गरी काम गरिहरेका छन् ।

समीक्षा बैठक शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री दीपक बोहराले मन्त्रालय सधैँ गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध रहेको बताए । उनले भने, ‘‘स्वास्थ्य सेवा पनि प्रदेश र स्थानीय निकायबाटै जनताले प्राप्त गर्ने हँुदा त्यसको व्यवस्थापनमा हामी लागेका छौँ ।’’

Advertisement

सबै जनतामा आधारभूत स्वास्थ्य सेवाको पहुँच ल्याउनका लागि स्वास्थ्य बीमा ऐनसहित अब बन्ने नयाँ स्वास्थ्य नीतिमा पुनरावलोकन गरिने उनले बताए । स्वास्थ्य सचिव डा पुष्षा चौधरीले देश संघीयतामा जाँदै गर्दा जनशक्ति, बजेट व्यवस्थापन चुनौतिका रुपमा देखिएको बताए ।

उनले भने, ‘‘अहिलेको जनशक्तिले हामीबाट गुणस्तरीय सेवा दिन गाह्रो छ, हामीलाई थप जनशक्ति,बजेट चाहिन्छ, प्रदेशमा स्वास्थ्यको भूमिका कहाँ कस्तो छ भन्ने पनि महत्वपूर्ण विषय हो ।’’

Advertisement

स्थास्थ्य सचिव डा. चौधरीले हाल सञ्चालनमा रहेका कार्यक्रम पनि प्रभावित नहुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वयय महाशाखा प्रमुख डा श्रीकृष्ण गिरीले समग्रमा स्वास्थ्यका धेरै सूचक पूरा भए पनि केही विषयमा भने अझै काम गर्नुपर्ने बताए ।

उनका अनुसार मातृशिशु मृत्युदर घट्दै गर्दा बालबालिकामा खोपको पहँुच भने घटिरहको देखिएको छ । कुनैसमय ९४ प्रतिशतसम्म खोपको पहुँच अहिले घटेर ७८ प्रतिशतमा झरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top