सिमसार क्षेत्र संरक्षणमा चुनौती

१७ माघ ७४, बिहीबार

चितवन, माघ १८
विश्व सिमसार दिवस तीनदिने कार्यक्रमसहित आजदेखि विभिन्न कार्यक्रम घोषणा गरी मनाउन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय र संरक्षणमा लागेको बाघ संरक्षण उपसमिति, समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान र वर्ड एजुकेशन सोसाइटी चितवनलगायत दर्जनौँ संघसंस्थाको सहभागितामा संरक्षणमूलक कार्यक्रम गर्न थालिएको हो ।

‘दिगो शहरी भविष्यका लागि सिमसार’ नाराका साथ रत्ननगरको टिकौलीस्थित जैविकमार्गको सरसफाइ गरेर दिवसको उद्घाटन गरिएको थियो । सो क्रममा चितवन निकुञ्ज पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले सिमसार क्षेत्र विभिन्न कारणले खुम्चिँदै गएकाले संरक्षणमा चुनौती रहेको बताए ।

जलवायु परिवर्तनका साथै विभिन्न कारणले माटो झरेर पुरिने, पानी सुक्ने तथा अन्य मिचाहा प्रजातिको झारका कारण सिमसार क्षेत्र घट्दो क्रममा छ । उनले यसतर्फ सबैको चासो हुनुपर्नेमा जोड दिए ।

Advertisement

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर ५८ वटा तालतलैया छन् । रामसार सूचीमा सूचीकृत विसहजारी ताल छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जंगलको सिमसार क्षेत्रमात्रै संरक्षण गरेर नहुने भन्दै अब गाउँघरका सिमसार क्षेत्रको समेत संरक्षण हुनुपर्ने बताए ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले समितिमार्फत अहिले सिमसार क्षेत्र विस्तार र व्यवस्थापनको काम गरिरहेको र जैविक मार्गलगायत क्षेत्रलाई वातावरणमैत्री बनाउनुपर्ने बताए ।

Advertisement

समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियानकी संयोजक डोमा पौडेलले पारिस्थितिक प्रणालीमा सिमसार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको र सबै प्राणीको आश्रयस्थल सिमसार नै हुने उल्लेख गरे ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top