चोरीका चार मोटरसाइकल बरामद

१७ माघ ७४, बिहीबार

इलाम, माघ १८
इलाममा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौला र ट्राफिक प्रहरी हवल्दार चारुचन्द ठाकुरको नेतृत्वमा गएको संयुक्त प्रहरी गस्ती टोलीले दुई वटा नम्बर प्लेटबिनाको (अनटेस्ट) मोटरसाइकल र अरु दुई मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।

को३०प ९०६५ को नीलो रङको पल्सर मोटरसाइकल र ना.१४८ प. ७९१० नं को रातो रङको आपाची बाइक बरामद गरिएको थियो ।

आपाची मोटरसाइकल प्रिमियम इन्सुरेन्स कम्पनी इलामको नाममा रहेको बुझिएको छ । प्रहरीले नियन्त्रणमा लिएको पल्सर मोटरसाइकल पत्ता लाग्न नसकेको इलामका ट्राफिक प्रहरी प्रमुख पदम राईले जानकारी दिए ।

ट्राफिक प्रहरीको जाँच चलिरहेको देखेपछि चोरहरुले बाटोमै मोटरसाइकल छोडेर भागेको बताइएको छ । चार वटा मोटरसाइकलमा चारजना रहे पनि उनीहरु फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top