प्रदेश संसद्को अभ्यास सुरु: रसाए सांसदका आँखा

१८ माघ ७४, शुक्रबार

हेटौंडा – संघीय नेपालको पहिलो प्रदेशसभा बैठक हलमा राष्ट्रगान बज्दा कांग्रेस सांसद सन्त चेपाङका आँखा रसाएका थिए। गला अवरुद्ध भएको थियो। रोस्ट्रममा माइकको धुनसँगै चेपाङका ओठ ‘सयौं फूलका थुंगा हामी’ गुन्गुनाइरहेका थिए। मन भने मकवानपुरको विकट काँकडास्थित आफ्नो गाउँ धिराङतिर उड्दै थियो। ‘खाली खुट्टा भीरपाखा गर्दै डोको बेचेर जीवन गुजारा गर्ने म सीमान्तकृत चेपाङ आज प्रदेशको संसद् बैठकमा छु’, अन्नपूर्णसँग उनले भावना साटे, ‘यो मेरो लागि मात्र होइन मेरो समुदायको लागि पनि गर्वको कुरा हो।’

प्रदेश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभाको पहिलो अधिवेशन हेटौंडामा बिहीबार सुरु भएको हो। प्रदेश ३ को अस्थायी मुकाममा पहिलो अधिवेशन सुरु भएसँगै अब प्रदेश संसद्को अभ्यास अघि बढेको छ। हेटौंडा उपमहानगरपालिका–१० स्थित प्रदेशसभा सचिवालमा निर्वाचनमा विजयी भएको दुई महिनापछि पहिलो बैठकमा सहभागी हुँदै गर्दा प्रदेशसभा सदस्यको मुहारमा छुट्टै रौनक देखिन्थ्यो। दिउँसो १ बजे सुरु भएको बैठक प्रदेशसभा सभामुख चयनको मिति घोषणा गर्दै डेढ घण्टामा सकिएको थियो।

बैठक सुरु भएलगत्तै सभामुखको आसनबाट ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Advertisement

लगत्तै प्रदेश ३ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनि सभाध्यक्ष पौडेलले बैठकमा निर्णयार्थ पेस गरेका थिए। उक्त प्रस्तावलाई हलले सर्वसम्मतिले पारित गरेको थियो। पारित उक्त कार्यविधिमा बैठक सञ्चालन, सभामुखको काम कर्तव्य, कार्यव्यवस्था परामर्श समिति गठन, प्रदेशसभा सदस्यहरूको आचारसंहितालगायत विषय समेटिएका छन्।

सभामुखको आसनबाट पौडेलले बैठकबाट माघ २७ गते दिउँसो ३ बजे सभामुख चयनको मिति घोषणा गरेका छन्। सभामुख चयनपछि मात्र उपसभामुख चयन गर्ने अभ्यास छ। बैठकमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, घनश्याम दहाल, गीता वाग्ले र शोभा शाक्यलाई तोकिएको छ।

Advertisement

मुख्यमन्त्रीमा आकर्षण, सभामुखमा देखिएनन् आकांक्षी
प्रदेश ३ को मुख्यमन्त्रीमा रस्साकस्सी देखिए पनि सभामुखमा भने हालसम्म आकांक्षी देखिएका छैनन्। प्रदेश ३ को पहिलो बैठकमा सभामुखको भूमिका निभाएर बाहिरिएका सांसद डोरमणि पौडेल निकै खुसी देखिन्थे। मकवानपुर २ ‘ख’ बाट निर्वाचित ७१ वर्षीय पौडेल ज्येष्ठ सदस्य भएकाले पहिलो बैठकको अध्यक्षता गर्ने अवसर पाएका हुन्। प्रदेशसभा बैठक सकेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुखको भूमिका मात्रै नभई त्यसभन्दा माथिको जिम्मेवारी (मुख्यमन्त्री) दिए पनि आफूले पूरा गर्ने बताए।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top