प्रदेश २ ले खोज्यो बेग्लै पहिचान: मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज

१९ माघ ७४, शुक्रबार

जनकपुरधाम – प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको खबर आजको राजधानी दैनिकमा छ । उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ।

Advertisement

जनकपुरमा बिहीबार सम्पन्न सर्वदलीय बैठकले मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने निर्णय गरेको हो। संघीय समाजवादी फोरम नेपालका नेता एवं प्रदेश २ का सांसद रामआशीष यादवले सर्वदलीय बैठकले मैथिली संस्कृतिसँग मेल नखाने दौरासुरुवालको विकल्प खोजिएको बताए।

केन्द्रीय संसद्का पुरुष मर्यादापालकले दौरासुरुवाल लगाउँछन् भने महिलाले सारीचोलो लगाउँछन्। अन्य प्रदेशसभामा खटिएका मर्यादापालकले पनि केन्द्रको यही ‘ड्रेस कोड’ पछ्याएका छन्। तर, प्रदेश २ ले भने अलग्गै पहिचान खोजेका छन्।

Advertisement

प्रदेश २ का सभा सदस्यहरूले आफ्नो पहिचानअनुसारको पहिरन लगाउन पाउने भएका छन् तर एकरूपताका लागि भने कोट वा बण्डीको रङ खैरो राख्ने निर्णय गरेको नेता शैलेन्द्र साहले बताए।

कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य रामसरोज यादवले विधायकहरूको ‘ड्रेसकोड’ तयार सम्बन्धमा व्यापक छलफल गरी निर्णयमा पुगेको बताए। जाडोमा कोट लगाउन सकिने भए पनि गर्मीमा गाह्रो हुने भएकाले कोट तथा बण्डी तोकिएको उनको भनाइ थियो।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top