NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

प्रदेश नं ७ मा प्रदेशसभा बैठकबारे चासो बढ्यो

शुक्रबार माघ १९ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

– सिद्धराज भट्ट

धनगढी, १९ माघ (रासस) ः राज्यको पुनःसंरचनापछि गठन भएको प्रदेशसभाको अब हुन लागेको पहिलो बैठकका काम कारबाही र गरिने निर्णयका बारेमा चासो बढ्न थालेको छ ।

प्रदेशसभाको बैठकका गतिविधिबारे सचेत नागरिकको चासो देखिएको स्थानीय लेखराज ओझाले बताउनुभयो । संविधान कार्यान्वयनका लागि प्रदेश बैठकका गतिविधि निकै महत्वपूर्ण हुने भएकाले बैठकप्रति चासो बढ्नु स्वभाविकै रहेको ओझा बताए ।

LS Auto

पहिलो पटक ७ नम्बर प्रदेशसभाको बैठक आह्वान भएसँगै अस्थायी मुकाम धनगढीमा यससम्बन्धी तयारी पनि अन्तिम चरणमा पुगेको छ । यसक्रममा बैठक स्थल जिल्ला समन्वय समितिको सभाकक्षलाई सिंगारिँदैछ भने सभामुख, उपसभामुख, मन्त्रालय रहने भवनको पनि पुनःनिर्माण एवं मर्मतको कार्य पनि अघि बढाइएको छ ।

प्रदेशसभाका सांसद बैठकमा सहभागी हुन धनगढी पुग्ने क्रम शुरु भएको छ । कतिपय सांसद पुगिसक्नुभएको छ भने अन्य कतिपय पुग्ने क्रममा हुनुहुन्छ । नेपालको इतिहासमा प्रदेशसभा नयाँ र पहिलो प्रयोग भएको अवस्थामा बैठकमा सहभागी हुने सांसदले खेल्नुपर्ने भूमिका पनि प्रदेशस्तरमा पहिलो प्रयोग हँुदैछ ।

“बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सिक्दै जाने हो, कैलाली निर्वाचन क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित एमालेका प्रदेश सांसद नेपालु चौधरीले भन्नुभयो, बैठकको अभ्यासको अनुभव नभएको कारणले यसका लागि पूर्व अभ्यास जरुरी छ ।” सांसद चौधरी अब आर्थिक समृद्धिका विषयलाई प्राथमिकीकरण गरेर अगाडि जानुको विकल्प नरहेको बताए ।

अछामबाट निर्वाचित प्रदेशसभा सांसद झपट बोहराले स्रोत पर्याप्त नहुनु र खर्चका पाटा धेरै हुनु ७ नम्बर प्रदेशको मुख्य चुनौती रहेको बताउनुहुन्छ । “यो प्रदेशलाई आर्थिकरुपमा स्वनिर्भरतामा परिणत गर्नु ठूलो चुनौती छ, अछाम जिल्लाबाट नेकपा (माओवादी केन्द्र)का निर्वाचित बोहराले भन्नुभयो– सबै कुराको सन्तुलन मिलाएर यो प्रदेशलाई समुन्नत बनाउने हाम्रो अठोट रहनेछ ।

नेकपा (एमाले)का प्रदेश सांसद पूर्णा जोशी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पार्टीले महिला सांसदलाई प्रशिक्षित गरेकाले त्यति समस्या नहुने बताउनुहुन्छ । “७ नम्बरको प्रमुख समस्या गरिबी, अभाव, बेरोजगारी, परनिर्भरता नै हुन्, प्रदेशसभाको सम्भावित सभामुखका रुपमा चर्चामा रहनुभएका सांसद जोशीले थप्नुभयो– प्रमुख समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानको पहल गर्दै संविधानले खोजेको समाजवाद निर्माण अभियानमा लाग्नेछौँ ।”

बादी समुदायबाट एक्लो सांसद बन्न सफल नेपाली काँग्रेसकी उमा बादी संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुहुन्छ । बादी समुदाय र नेपाल सरकारबीच विसं २०६४ मा बादी समुदायको हकहितका लागि भएको सहमतिलाई कार्यान्वयन गर्ने मुद्दाका साथै ७ नम्बर प्रदेशको समग्र विकासका लागि आफ्नो प्रयास रहेको बताउँदै उहाँले भन्नुभयो, “सत्तापक्षले गर्ने कमीकमजोरीलाई सच्याई सही मार्गमा डो¥याउने भूमिका निर्वाह गर्न नै प्रतिपक्षको व्यवस्था भएको हो ।”

प्रदेशसभाको बैठक शुरु भएसँगै पहिलो चरणमा बैठकद्वारा प्रदेश सभामुख, उपसभामुख, मुख्यमन्त्री, र मन्त्री चयन गर्नेलगायतका प्रक्रिया अघि बढ्ने बताइएको छ ।

सहजीकरण टोली आइपुग्यो

प्रदेशसभाको बैठकलाई व्यवस्थितरुपमा सञ्चालन गर्नेलगायतको कामका लागि संघीय संसद् सचिवालयको चार सदस्यीय टोली धनगढी आइपुगेको छ ।

सचिवालयका सहसचिव मुरारी महतको नेतृत्वको टोलीमा उपसचिव झलकप्रसाद सापकोटा, शाखा अधिकृत जगदीश न्यौपाने र प्राविधिक सहायक श्रीधर गेलाल छ ।

टोलीले प्रदेश प्रमुख मोहनराज मल्ल र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतसँग सभा सञ्चालन र बैठक कक्षको तयारीका विषयमा छलफल गरेको सहसचिव महतले जानकारी दिए।

सुरक्षा व्यवस्थापन

बैठक कक्षमा ३० जना प्रहरीलाई मर्यादापालकका रुपमा राख्ने व्यवस्था गर्न लागिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । यसका लागि मर्यादापालकलाई तालीम दिने काम भइरहेको छ । बैठकस्थल बाहिर प्रहरीले सुरक्षा गर्ने गरी व्यवस्थापन गरिएको छ ।

बैठक अघि सर्वदलीय बैठक

प्रदेशसभाको बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्न लागेको छ । यस अघि आज सर्वदलीय बैठक गर्न लागिएको छ । बैठकले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको बताइएको छ ।

प्रदेशसभामा दलहरुको प्रतिनिधित्व

प्रदेश नं ७ को प्रदेशसभामा जम्मा ५३ सांसदमध्ये एमालेका तर्फबाट २५, नेकपा (माओवादी केन्द्र)का तर्फबाट १४, नेपाली काँग्रेसका तर्फबाट १२ तथा राष्ट्रिय जनता पार्टीबाट दुईजना सांसद रहेका छन् ।

यो प्रदेशमा सबैभन्दा बढी एमालेको प्रत्यक्षतर्फ १७, समानुपातिकबाट आठ सांसद निर्वाचित भएका छन् । यस्तै, प्रत्यक्षतर्फ माओवादी केन्द्रले १० र समानुपातिकतर्फ चार, नेपाली काँग्रेसको प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ आठ सांसद निर्वाचित भएका छन् । यसैगरी राष्ट्रिय जनता पार्टीको प्रत्यक्ष र समानुपातिकमा क्रमशः एक÷एकजना निर्वाचित भएका छन् ।

समुदायको प्रतिनिधित्व

प्रदेश नं सातका ५३ सदस्यमध्ये ३५ जना खस आर्य समुदायका, आठजना थारु समुदायका, छजना दलित समुदायबाट प्रतिनिधित्व रहेको छ । दलित समुदायबाट प्रत्यक्षमा निर्वाचन जित्ने कञ्चनपुरबाट मानबहादुर सुनार एक्ला सांसद छ । जनजातिबाट प्रदेशसभामा जम्मा दुईजना एमालेका गेल्वुसिंह बोहरा, दार्चुला र कञ्चनपुरका तारालामा तामाङ निर्वाचित हुनुहुन्छ ।

महिला सांसदको प्रतिनिधित्व

प्रदेशसभामा महिलाको सांसदको संख्या १८ छ । बझाङबाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित देवकी मल्ल थापा प्रदेशसभामा एकमात्र प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । १७ जना भने समानुपातिक कोटामा सांसद बन्नुभएको हो ।

सेती र महाकाली अञ्चलका नौवटा जिल्ला रहेको ७ नम्बर प्रदेशको क्षेत्रफल १९ हजार ५३९ वर्ग किमी रहेको छ । यो नेपालको क्षेत्रफलको करिब १३ प्रतिशत हो । पछिल्लो जनगणनाअनुसार २५ लाख ५२ हजार ७१४ जनसंख्या रहेको यो प्रदेशमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेतीजस्ता आयोजना विकासका उच्च सम्भावना बोकेका विकास आयोजना हुन् । अपि, साइपाल, खप्तड जस्ता हिमाली क्षेत्र, मध्य पहाडको महाभारत पर्वत शृंखलामा रहेका दुर्लभ जडीबुटी, वन पैदावार पनि विकास सम्भावना भएका क्षेत्र हुन् ।

धनगढी, भीमदत्तनगर (महेन्द्रनगर), दीपायल, डडेल्धुरा, टीकापुर, साँफेबगर, अत्तरिया, लम्की, बेलौरी यस क्षेत्रका मुख्य व्यापारिक केन्द्र हुन् । धान, गहुँ, जौ, मकै र तेलहन बाली मुख्यरुपमा उत्पादन हुने यो क्षेत्रमा बाहुन, क्षेत्री, ठकुरी, थारु, दलितलगायतका जातजातिको बाहुल्यता रहेको छ ।
–––

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.