×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले सदन अवरोध गरेर माग्यो प्रधानमन्त्रीको जवाफ || Nepal Times
May 12, 2026
Playing
कालो पहिरनको ’क्रान्तिकारिता’:राष्ट्रिय पोसाक र मर्यादाको खोजी|| Nepal Times
May 12, 2026
Playing
नेपालको नयाँ आर्थिक मार्गचित्रः सपना कि यथार्थ? || Nepal Times
May 12, 2026
Playing
अप*हरण गरेर कु*टपि*ट गरेको भिडियो बनाउने मन्त्रीका चालक || Nepal Times
May 12, 2026
Playing
संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ? || Nepal Times
May 12, 2026
Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 12, 2026
Playing
सरकारी ‘एक्सन’ सम्झौताअनुसार काम नगर्ने १४कम्पनी कालो सूचीमा|| Nepal Times
May 12, 2026
Playing
रास्वपाले संसद्मा कसरी सुरक्षित बनायो सभापतिलाई?|| Nepal Times
May 12, 2026
Playing
नीति तथा कार्यक्रमले प्रवासीमा आश भरिदा कर्मचारी किन निराश ? || Nepal Times
May 12, 2026
Playing
आज अधिकांश स्थानमा वर्षा जारी|| Nepal Times
May 12, 2026

२३ घन्टे बसाइमा स्वराजको सात भेटवार्ता: प्रचण्डसमक्ष यस्तो जिज्ञासा

२० माघ २०७४

काठमाडौं – विदेशमन्त्री स्वराजले शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोल्टी होटेलमा भेटवार्ता गरेकी थिइन् । प्रचण्ड–स्वराजबीच पौने घन्टा ‘वन अन वन’ वार्ता भएको थियो । भेटमा स्वराजले अब नेपालको प्रक्रिया कसरी अघि जाला भनेर जिज्ञासा राखेको प्रचण्डले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ । निर्वाचनपछिको परिस्थिति र नयाँ सरकार गठनबारे सकारात्मक र रचनात्मक कुराकानी भएको प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए । ‘चुनावपछिको परिस्थिति र नयाँ सरकार गठनबारे सकारात्मक र रचनात्मक कुरा भएको छ,’ उनले भने, ‘उहाँले अब देश कसरी जाला भन्ने जिज्ञासा राख्नुभयो र हामी (वाम गठबन्धन) लाई बधाई र शुभकामना दिनुभयो ।’

स्वराजको नेपाल आगमनलाई आफूले सद्भाव भ्रमणका रूपमा बुझेको प्रचण्डको भनाइ छ । उनले नेपालको राजनीतिक स्थायित्व र विकास आवश्यक रहेको र आफूहरू छिमेकीसँग राम्रो सम्बन्ध बनाएर जाने पक्षमा रहेको जानकारी गराएको बताए । ‘मैले नेपालमा राजनीतिक स्थायित्व र विकास आवश्यक रहेको र हामी छिमेकीसँग राम्रो सम्बन्ध बनाएर जाने पक्षमा रहेको उहाँलाई जानकारी गराएँ,’ प्रचण्डले भने, ‘उहाँले पनि वाम गठबन्धन सरकारले नेपालको स्थायित्व र विकासमा चाल्ने कदमप्रति भारतको पूरै सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।’ भारतीय विदेश मन्त्रालयले प्रचण्डसँगको भेटमा स्वराजले मंसिरमा सम्पन्न चुनावमा माओवादीले पाएको परिणामका लागि बधाई दिएको उल्लेख गरेको छ ।

Advertisement
Advertisement

स्वराज–प्रधानमन्त्री आधा घन्टा ‘वन अन वन’ वार्ता
स्वराजसँगको  भेटबारे प्रधानमन्त्री देउवाले भने,

‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो । नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन हाम्रो छलफल केन्द्रित थियो ।’

राष्ट्रपति भण्डारीसँग भेटेपछि विदेशमन्त्री स्वराज प्रधानमन्त्री देउवालाई भेट्न सीधै बालुवाटार पुगेकी थिइन् । पौने १ बजे बालुवाटार पुगेकी उनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिएको उनका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिनुभयो,’ उनले नयाँ पत्रिकासँग भने, ‘नेपाल र भारतबीच रहँदै आएको राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धलाई कसरी प्रगाढ बनाउने र सुदृढ गर्ने भन्ने विषयमा भेटवार्ता केन्द्रित भयो ।’

प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन छलफल केन्द्रित भएको बताएका छन् । देउवाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो । नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन हाम्रो छलफल केन्द्रित थियो ।’

विदेशमन्त्री स्वराजले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सदैव तयार रहेको र आगामी दिनमा पनि रहिरहने बताएको डा. भट्टराईले जानकारी दिए । औपचारिक भ्रमण नभएकाले दुई देशबीच सहयोग आदानप्रदानको विषयमा कुराकानी नभएको उनको भनाइ छ । प्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबीच करिब आधा घन्टा ‘वन अन वन’ वार्ता भएको थियो ।

२३ घन्टे नेपाल बसाइमा सात भेटवार्ता
२३ घन्टे नेपाल बसाइका क्रममा भारतीय विदेशमन्त्री स्वराजले ‘वान अन वान’ र सामूहिक गरी सातवटा भेटवार्ता गरेकी छिन् । बिहीबार साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएपछि सीधै सोल्टी होटेलमा पुगेकी स्वराजले सबैभन्दा पहिला पौने घन्टा एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ वार्ता गरेकी थिइन् । त्यसपछि उनले एमाले नेताहरूसँग सामूहिक वार्ता गरिन् । लगत्तै उनले एमाले अध्यक्ष ओलीले आफ्नो सम्मानमा दिएको रात्रिभोजमा भेटवार्ता गरेकी थिइन् । शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवलाई सोल्टीमै भेटिन् । मध्याहन् राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास र प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगिन् ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top