NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Best UK Casino Bonuses & Welcome Offers December 2025 बुधबार पुस ९ , २०८२
Bet With Real Money बुधबार पुस ९ , २०८२
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

२३ घन्टे बसाइमा स्वराजको सात भेटवार्ता: प्रचण्डसमक्ष यस्तो जिज्ञासा

शनिबार माघ २० , २०७४
Reading Time: 1 min read
A A
२३ घन्टे बसाइमा स्वराजको सात भेटवार्ता: प्रचण्डसमक्ष यस्तो जिज्ञासा

cWoIf bfxfn / ef/tLo ljb]zdGqLsf] e]6 g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn / ef/tLo ljb]zdGqL ;'idf :j/fh g]kfnsf] b'O{lbg] e|d0fsf qmddf z'qmaf/ e]6jftf{ ub}{ . t:jL/ M k|bLk/fh jGt, /f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं – विदेशमन्त्री स्वराजले शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोल्टी होटेलमा भेटवार्ता गरेकी थिइन् । प्रचण्ड–स्वराजबीच पौने घन्टा ‘वन अन वन’ वार्ता भएको थियो । भेटमा स्वराजले अब नेपालको प्रक्रिया कसरी अघि जाला भनेर जिज्ञासा राखेको प्रचण्डले जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ । निर्वाचनपछिको परिस्थिति र नयाँ सरकार गठनबारे सकारात्मक र रचनात्मक कुराकानी भएको प्रचण्डले सञ्चारकर्मीलाई जानकारी दिए । ‘चुनावपछिको परिस्थिति र नयाँ सरकार गठनबारे सकारात्मक र रचनात्मक कुरा भएको छ,’ उनले भने, ‘उहाँले अब देश कसरी जाला भन्ने जिज्ञासा राख्नुभयो र हामी (वाम गठबन्धन) लाई बधाई र शुभकामना दिनुभयो ।’

स्वराजको नेपाल आगमनलाई आफूले सद्भाव भ्रमणका रूपमा बुझेको प्रचण्डको भनाइ छ । उनले नेपालको राजनीतिक स्थायित्व र विकास आवश्यक रहेको र आफूहरू छिमेकीसँग राम्रो सम्बन्ध बनाएर जाने पक्षमा रहेको जानकारी गराएको बताए । ‘मैले नेपालमा राजनीतिक स्थायित्व र विकास आवश्यक रहेको र हामी छिमेकीसँग राम्रो सम्बन्ध बनाएर जाने पक्षमा रहेको उहाँलाई जानकारी गराएँ,’ प्रचण्डले भने, ‘उहाँले पनि वाम गठबन्धन सरकारले नेपालको स्थायित्व र विकासमा चाल्ने कदमप्रति भारतको पूरै सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।’ भारतीय विदेश मन्त्रालयले प्रचण्डसँगको भेटमा स्वराजले मंसिरमा सम्पन्न चुनावमा माओवादीले पाएको परिणामका लागि बधाई दिएको उल्लेख गरेको छ ।

स्वराज–प्रधानमन्त्री आधा घन्टा ‘वन अन वन’ वार्ता
स्वराजसँगको  भेटबारे प्रधानमन्त्री देउवाले भने,

‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो । नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन हाम्रो छलफल केन्द्रित थियो ।’

LS Auto

राष्ट्रपति भण्डारीसँग भेटेपछि विदेशमन्त्री स्वराज प्रधानमन्त्री देउवालाई भेट्न सीधै बालुवाटार पुगेकी थिइन् । पौने १ बजे बालुवाटार पुगेकी उनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्रीलाई बधाई दिएको उनका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिनुभयो,’ उनले नयाँ पत्रिकासँग भने, ‘नेपाल र भारतबीच रहँदै आएको राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्धलाई कसरी प्रगाढ बनाउने र सुदृढ गर्ने भन्ने विषयमा भेटवार्ता केन्द्रित भयो ।’

प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन छलफल केन्द्रित भएको बताएका छन् । देउवाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्वागत गर्न पाउनु हाम्रो सौभाग्य हो । नेपाल–भारत सम्बन्धका बहुपक्षीय विषयलाई थप मजबुत बनाउन हाम्रो छलफल केन्द्रित थियो ।’

विदेशमन्त्री स्वराजले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सदैव तयार रहेको र आगामी दिनमा पनि रहिरहने बताएको डा. भट्टराईले जानकारी दिए । औपचारिक भ्रमण नभएकाले दुई देशबीच सहयोग आदानप्रदानको विषयमा कुराकानी नभएको उनको भनाइ छ । प्रधानमन्त्री देउवा र विदेशमन्त्री स्वराजबीच करिब आधा घन्टा ‘वन अन वन’ वार्ता भएको थियो ।

२३ घन्टे नेपाल बसाइमा सात भेटवार्ता
२३ घन्टे नेपाल बसाइका क्रममा भारतीय विदेशमन्त्री स्वराजले ‘वान अन वान’ र सामूहिक गरी सातवटा भेटवार्ता गरेकी छिन् । बिहीबार साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएपछि सीधै सोल्टी होटेलमा पुगेकी स्वराजले सबैभन्दा पहिला पौने घन्टा एमाले अध्यक्ष केपी ओलीसँग ‘वन अन वन’ वार्ता गरेकी थिइन् । त्यसपछि उनले एमाले नेताहरूसँग सामूहिक वार्ता गरिन् । लगत्तै उनले एमाले अध्यक्ष ओलीले आफ्नो सम्मानमा दिएको रात्रिभोजमा भेटवार्ता गरेकी थिइन् । शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवलाई सोल्टीमै भेटिन् । मध्याहन् राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास र प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगिन् ।

 

लोकप्रीय

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

विचार

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

थप समाचार

Casino

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२
Casino

Bet With Real Money

बुधबार पुस ९ , २०८२
Casino

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Best UK Casino Bonuses & Welcome Offers December 2025

बुधबार पुस ९ , २०८२

Bet With Real Money

बुधबार पुस ९ , २०८२

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.