डेरा नखोजी काठमाडौं फर्किएका सांसदहरू यसो भन्छन्

२० माघ ७४, आइतबार

हेटौंडा – प्रदेश सभाको पहिलो अधिवेशन १८ माघमा तोकिएकाले सबै दलका सांसद हेटौँडा आएका थिए । कांग्रेस–एमालेका केही सांसद अघिल्लो दिन आएर होटल, नेता तथा कार्यकर्ताको घरमा बसेका थिए । तर, पहिलो अधिवेशन सकिएकै दिन अधिकांश सांसद राजधानी फर्किए । पुनः अर्को बैठक बस्ने भएपछि सांसदहरूले हेटौँडामा डेरा खोज्नुपर्ने हो ।

तर, प्रदेश ३ का अधिकांश सांसद डेरा नखोजी काठमाडौं फर्किसकेका छन् । प्रदेश ३ का अधिकांश सांसदलाई हेटौँडा स्थायी राजधानी कायम हुनेमा ढुक्क छैनन् । पहिलो अधिवेशनले २७ माघमा सभामुख चयन गर्ने घोषणा गरेको छ । यसपछि नियमित रूपमा उपभामुख, मुख्यमन्त्री र मन्त्रिमण्डल गठन हुने भएपछि अधिकांश सांसद पार्टीका शीर्ष नेता रिझाउन काठमाडौं पुगेका छन् ।

के भन्छन् सांसद ?
हेटौँडा राजधानी उपयुक्त छैन
अष्टलक्ष्मी शाक्य, सांसद, एमाले

हेटौँडा प्रदेश ३ को राजधानी बन्न भौगोलिक बनावटले धोका दिएको छ । १३ मध्ये बढीमा ६ जिल्लालाई मात्र मकवानपुर पायक पर्ने देखिन्छ । यसैले पनि हेटौँडा प्रदेश राजधानीका लागि उपयुक्त छैन । रसुवा, नुवाकोट, दोलखा, रामेछापजस्ता विकट जिल्लाका लागि हेटौँडा शतप्रतिशत अनुपयुक्त छ र केन्द्रमा छैन ।

Advertisement

राजधानी सार्ने प्रस्तावमा जनमतसंग्रह हुन्छ
इन्द्रबहादुर बानियाँ, सांसद, कांग्रेस

हरेक दृष्टिकोणले उपयुक्त ठहर भएपछि सरकारले हेटौँडालाई राजधानी तोकेको हो । सांसदले भनेर मात्र राजधानी सार्न मिल्दैन, परिआएमा जनमतसंग्रह गर्नुपर्छ । जनताको मन जितिसकेको हेटाैँडाबाट राजधानी सार्न त्यति सजिलो छैन । संसद्भित्र जस्ता सवाल उठे पनि आमजनताले हेटौँडालाई राजधानी स्वीकार गरिसकेका छन् । सुरक्षा, भौतिक संरचना र दर्जनौँ सडक सञ्जालले हेटाैँडा उपयुक्त स्थान बनिसकेको छ । यो अवस्थामा संसद्मा राजधानी सार्ने प्रस्ताव ल्याउनु नै गलत हुन्छ ।

विकेन्द्रीकरणका लागि हेटौँडाको विकल्प छैन
मनु सिग्देल, सांसद, एमाले

हामी संविधान कार्यान्वयनसँगै संघीयताको अभ्यासमा छौँ । यसकारण पनि हेटौँडा राजधानीको विकल्प छैन । संघीयता भनेको विकेन्द्रीकरण हो । सरकारले हेटौँडालाई हरेक क्षेत्रबाट उपयुक्त ठानेर राजधानी तोकेको छ । केन्द्रीय राजधानी वरपर राजधानी राख्नु बिल्कुल गलत हुनेछ । संघीयता कार्यान्वयका लागि पनि हेटौँडालाई स्थायी राजधानी बनाएर यहाँका स्रोतसाधनलाई भरपुर प्रयोग गरेर प्रदेशलाई विकसित र समृद्ध बनाउनुपर्छ । अस्थायी राजधानी तोकेपछि सम्पूर्ण भौतिक पूर्वाधारसँगै संसद् सञ्चालनका लागि समेत सबै तयारी पूरा भइसकेको अवस्थामा फेरि राजधानी सार्नु मूर्खता हो ।

Advertisement

राजधानीको विषय ओझेलमा परेको छ
शालिकराम जमरकटेल, सांसद, माओवादी

राजधानी स्थायी गर्ने वा सार्ने विषयमा संसद्भित्र र बाहिर कतै पनि छलफल चलेको छैन । छलफलको विषय नबने पनि हेटौँडा प्रदेश ३ को राजधानीका लागि उपयुक्त छ । भौतिक संरचना र सडक सञ्जाललाई मात्र मुख्य मान्ने हो भने हेटौँडाको विकल्प छैन । केही जिल्लाका लागि अपायक पर्ने भए पनि सडक सञ्जालले जनतालाई थप सहज बनाउने छ । राजधानी सार्ने विषयभन्दा संघीयता कार्यान्वयनसँगै सरकार गठन मुख्य एजेन्डा बनेको छ । १३ मध्ये सात जिल्लाबाट पायक पर्ने हेटाौँडा पुरानै क्षेत्रीय मुकाम भएकाले पनि स्थायी राजधानी तोकिनुपर्छ ।

राजधानीको विषयमा बखेडा बनाउनु अर्थहीन
कुमारी मोक्तान, सांसद, माओवादी

हेटौँडाबाट राजधानी सार्ने सवाल नै उठ्दैन । भौगोलिक बनावटकै निहुँ बनाएर राजधानीको विषयमा बखेडा बनाउनु अर्थहीन कुरा हो । हरेक क्षेत्रले सम्पन्न हेटौँडालाई स्थायी राजधानी बनाउनुको विकल्प छैन । सडक सञ्जालले हेटौँडालाई देशकै केन्द्रबिन्दु बनाइसकेको अवस्थामा राजधानी तोकिएको हो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top