प्रदेश १ मा करारमा कर्मचारी नियुक्त गर्न बाटो खुल्यो

१५ साउन, विराटनगर ।
१ नम्बर प्रदेश सरकारले कृषि अधिकृत, प्राविधिक सहायक र नायव प्राविधिक सहायकलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सेवा करारमा छनोट गर्नेसम्बन्धी कार्यविधि २०७६ स्वीकृति प्रदान गरेसँगै कर्मचारी छनोटको बाटो खुलेको हो । यस्तै प्रदेश १ सरकारले माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापनको अधिकार मुख्यमन्त्री कार्यालय मातहत राखेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले नवौं र दशौं तहका कर्मचारीको सरुवा र पदस्थापन मुख्यमन्त्री कार्यालयले गर्ने गरी कर्मचारी पदस्थापन र सरुवासम्बन्धी कार्य्विधिलाई स्वीकृत गरेको हो । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कर्मचारी व्यवस्थापनमा समस्या भएकोले नवौं र दशौं तहको सरुवा र व्यवस्थापन मुख्यमन्त्री कार्यालय मातहत राखिएको बताए । त्यसैगरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि प्रदेश प्रमुखको नेतृत्वमा कार्यदल बनाउने र मन्त्रालयगत रुपमा पनि गठन गर्ने बैठकले निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७५ प्रदेशसभामा पेश गर्ने, मुख्य न्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रदेश सभामा पठाइने निर्णय भएको छ । त्यसैगरी प्रदेश सरकारको नीति तथा कार्यक्रम उल्लेख भएको कार्यक्रम डिजिटल प्रदेशको कार्यान्वयनलाई अघि बढाइने, मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई सैद्धान्तिक सहमति दिने, स्थानीय विकासको लागि पर्यटन पदमार्गको काम अघि बढाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

Advertisement

यस्तै प्रादेशिक सडक सहयोग परियोजनाको अवधारणा पत्र स्वीकृति, साना सिञ्चाई कार्यक्रमको अवधारणा पत्रलाई स्वीकृति दिने र सामाजिक विकास मन्त्रालयअन्तर्गत श्रम सल्लाहकार परिषद् गठनसम्बन्धी निर्देशिका २०७६ लाई स्वीकृत प्रदान गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसैगरी अपांगता भएका व्यक्तिहरुको प्रदेशस्तरीय समिति गठन सम्बन्धी कार्यविधिलाई सैद्धान्तिक सहमति दिनेलगायतका विभिन्न १३ वटा एजेन्डा समावेश गरेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top