मलेसियामा अवैधानिक रुपमा बसेकालाई घर फर्कने बाटो खुल्यो

साउन १६, विराटनगर । विभिन्न कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई त्यहाँको सरकारले आज बिहीबारदेखि घर फर्किने अवसर दिएको छ ।

आज अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो ।

मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउनेछन् । भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ ।

Advertisement

यो कार्यक्रम अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली कामदारको लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताएका छन ।

इमिग्रेसनका ओभरस्टेबाहेकका अरु समस्यालाई यसले सम्बोधन नगर्ने पनि उनले प्रष्ट पारेका छन । कामदारले स्वदेश फर्किनको लागि मलेसियन सरकारलाई जरिवानास्वरुप ७ सय रिंगिट र राहदानी नभएकाहरुले एकतर्फी यात्रा अनुमति पत्रको लागि १६० रिंगिट तिर्नुपर्ने हुन्छ ।

एकतर्फी यात्रा अनुमति पत्र बनाएर मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ । त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको ७ दिनभित्रको हुनुपर्नेछ । अध्यागमनमा जाँदा व्यक्ति स्वयं नै उपस्थित हुनुपर्छ । व्यक्ति स्वयं उपस्थित हुन नसक्ने अवस्थामा दूतावासको मान्छे आउनुपर्ने हुन्छ । तर तेस्रो पक्षलाई नल्याउन दूतावासको आग्रह छ ।

आवेदन भरिदिने तथा सस्तोमा नेपाल फर्काइदिन्छु भन्दै ठूलो रकम असुल्नेहरुको बिगबिगी हुने भएकोले त्यसबाट जोगिन दूतावासले सचेत गराएको छ ।

फारम दूतावासले निःशुल्क भरिदिन्छ, जरिवानास्वरुप मलेसियन दूतावासलाई ७ सय रिंगिट, ट्राभल डकुमेन्टको १ सय ६० रिंगिट भन्दा बढी नदिन तथा हवाइजहाज टिकट आफैंले काट्नुपर्ने दुतावासले जनाएकोछ ।

भिसाको म्याद सकिएर अवैधानिक भएकाहरुलाई बाटोमा भेटाए प्रहरीले समातेको खण्डमा मलेसियाले ल्याएको यो कार्यक्रम र आफू त्यसैको लागि जान लागेको कुरा खुलेर भन्न दूतावासले आग्रह गरेको छ ।

आफूले सम्झाउँदा सम्झाउदै पनि यदि प्रहरीले समात्यो भने दूतावासको हटलाइन नं. १६२४७२७७७,०३२०२०१८९८२०२०१८९९,०३२०२०१९०१ मा सम्पर्क गर्न सकिन्छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top