काम गर्न असफल भए पद त्याग्ने योगेश भट्टराईको घोषणा

१५ साउन ७६, बिहीबार

साउन १६, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथानागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले कामगर्न असफल भएको महशुस हुना साथ पद त्याग गर्ने घोषणा गरेका छन् ।

Advertisement

बुधबार मन्त्री पदमा नियुक्त हुनु भएका भट्टराईले भोलीपल्ट बिहीबार संचारकर्मी माझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले कामगर्न नसक्ने महशुश हुना साथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माध्यार्पण गरेपछि उनले प्रधानमन्त्रीसँग करार सम्झौतागर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महशुस हुना साथ जिम्मेवारीबाट पछि हटने स्पष्ट पारेका हुन् ।

Advertisement

मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताए ।

मन्त्री भट्टराईले केहीदिन भित्र आफ्नो कार्ययोजना संचार माध्याम मार्फत् सार्वजनिक गर्ने जानकारी पनि दिए । उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको कामकार्वाहीका बारेमा, त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिनभित्रै आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताए ।

Advertisement

मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे । त्यस अवसरमा मन्त्री भट्टराईले मदन भण्डारीलाई आफूले राजनीतिक आर्दश नेताको रुपमा स्मरण गर्ने गरेको पनि बताए ।

यस अघि भट्टराईले जनयुद्धहरुका सहीदहरुको शालिकमा पनि माध्यार्पण गरेका थिए । कोटेश्वरको पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालय परिसरमा रहेको जनयुद्धका सहीदहरुको शालिकमा माल्यार्पण गरेकाहुन् ।

बुधबार पनि उनले मन्त्रीपदको सपथलिने वित्तिकै लैनचौरस्थित सहीद पार्कमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top