पार्टी छोड्ने कागज गर्दै, रिहा हुँदै विप्लव कार्यकर्ता

१७ साउन ७६, शनिबार

१८ साउन, जाजरकोट ।

 विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् ।

जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गदै छुट्ने गरेको प्रहरीले जनाएको छ ।

Advertisement

सरकारले प्रतिबन्ध लगाउनु अघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ । उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन् ।

विप्लवका कार्यकर्ता छुटाउने नेपाली काङ्ग्रेसका नेताको ठूलो दौडधुप हुने गरेको छ । विप्लव समूहका डोल्पा इञ्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पाटी छोड्ने कागज गरेर रिहा भएका थिए । त्यस्तै छेडागाड इञ्चार्ज कैलास पुन, भेरी ब्यूरो सदस्य हरिचन्द्र जैसीलगायतका नेता तथा कार्यकर्ता कागज गर्दै रिहा भएका हुन् ।

Advertisement

विप्लव समूहको गैरकानूनी क्रियाकलापमा संलग्न नहुने र संविधान मान्ने भन्ने उल्लेख गरी उनीहरु छुटेका छन् । त्यस्तै भेरी ब्यूरो सदस्य जैसीले सत्तारुढ दल (नेकपा) मा प्रवेश नै गरेका छन्। अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाहीलाई काठमाडौँमा पक्राउ परेलगत्तै जाजरकोट पुर्‍याइएको थियो ।

पक्राउपछि शुक्रबार स्वतन्त्र जीवनयापन गरी बस्ने भनी रिहा हुने मौखिक सहमति भए पनि अन्तिम चरणमा आइपुग्दा नेपाल कम्युनिष्ट पाटीसँग आस्था राखे पनि गैरकानूनी क्रियाकलाप नगर्ने भन्ने वाक्यमा कुरा नमिल्दा रिहा हुन सकेनन् ।

अन्य अहिले दुई जना विप्लव कार्यकर्ता समेत हिरासतमै रहेका छन् । कागज गरेर छुटेलगत्तै विप्लव समूहका कार्यकर्ता के गरिरहेका छन् भन्ने कुरा सुक्ष्म अनुगमन भइरहेको प्रहरी प्रमुख श्याम खत्रीले बताए । नागरिक दैनिकबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top