साउन १८, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ ।
केन्द्रीय बैंकका अनुसार यही साउन १९ गते १५ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गरिने भएको छ । बैंकले त्यसलाई निक्षेप संकलन उपकरणको नाम दिएको छ ।
घटीमा पाँच करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ । यो बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप संकलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले यो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ ।

