साउन १९, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमण सकेर गएराति स्वदेश फर्किएका छन् । प्रचण्ड बिरामी पत्नी सीता दाहाललाई लिएर गत मंगलबार दुबई घुम्न गएका थिए ।
पुत्र प्रकाश दाहालको वियोगमा विचलित भएकि सीतालाइ जीवनभर निको नहुने प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोग लागेको छ । सीताको मन बहलाउन प्रचण्ड बेला–बेलामा विभिन्न ठाउँमा घुम्न निस्किन्छन् ।
सीताको स्वास्थ्य अहिले भने सामान्य रहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटाले बताए ।
दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगरलगायत त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए ।