तेश्रो लगानी सम्मेलनमा शो केशमा राखिएका ७७ मध्ये ४ परियोजनाको लगानी स्वीकृत

२२ साउन ७६, बिहीबार
काठमाडौं । २०७५ चैत १५ र १६ गते सम्पन्न तेश्रो लगानी सम्मेलनमा शो केशमा राखिएका ७७ परियोजना मध्ये ४ वटाको लगानी स्वीकृत भएको छ । लगानी बोर्डको हालै सम्पन्न बैठकले ४ वटा परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बोर्ड बैठकले झापा जिल्लाको दमकमा बन्ने ‘चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ निर्माणका लागि ६४ अर्ब रुपैयाँको लगानी स्वीकृत गरेको छ । यो परियोजनामा पूर्ण लगानी चाइनाको हुनेछ । औद्योगिक पार्क निर्माणपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउन बताइएको छ ।

सीजी ग्रुप र यूएईको सराफबीच भएको सम्झौता अनुसार जनकपुरमा ‘रेल्वे लिङ्क प्राईभेट फ्रेग टर्मिनल’ निमार्णका लागि ७ अर्ब १४ करोडको लगानी स्वीकृत भएको छ । लगानी सम्मेलनकै बेला सो परियोजना सम्बन्धी सम्झौता भएको थियो ।यता, विराटनगरमा ‘मल्टी मोडल लजिस्टिक पार्क’ निमार्णका लागि ७ अर्ब १४ करोडको लगानी स्वीकृत भएको छ । यो पार्क रेलबाट आएका सामानहरु (कार्गो) राख्ने र भन्सार पास गरेर सामान सप्लाई गर्नका लागि प्रयोग हुनेछ ।

यसैगरी, ७६७ मेगावाटको तमोर जलविद्युत आयोजना पनि २ वटा कम्पनीको प्रस्ताव स्वीकृत भएको छ । यो आयोजनाको यसको लागत भने तोकिएको छैन । २ वटा कम्पनीहरु डीपीआर निमार्णका लागि छनोट भएका छन् । ती कम्पनी मध्ये जसले सस्तोमा डीपीआर निर्माण गर्छ, उसले स्वीकृत पाउने लगानी बोर्डले जानकारी दिएको छ । डिपीआरका लागि ग्रीन इन्फास्टक्चर कम्पनी र एचआइडिएसएलको ज्वाइन भेन्चर फुजी इलेक्ट्रिक कम्पनी र जेभी कम्पनीले स्वीकृति पाएका हुन् ।

Advertisement

लगानी बोर्डका प्रवत्ता बलराम रिजालले डीपीआरका लागि ४ परियोजनाले स्वीकृति पाएको बताए । उनले भने–हाम्रोमा लगानी गर्न आउनेहरुका लागि प्रक्रिया लामो भएकोले थोरै मात्रै परियोजनाको स्वीकृत भएको बताए । बोर्डको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको प्रक्रियामा भएको झन्झटहरुको बारेमा सुझाव दिन निर्देशन दिएको र केही समयमा ती कानूनी झन्झट हट्ने बताए । सरकारले लगानी सम्मेलनमा सरकारी ५० र निजी क्षेत्रका १७ गरी ७७ परियोजनालाई सूचीकृत गरेको थियो ।

४ वटा परियोजना अस्वीकृत
गोसाईकुण्ड केवलकार प्रालि, अन्डर ग्राउण्ड केवल लिकं, वाटर टिटमेण्ट प्लान प्रोजेक्ट, आई इन्डिष्ट्रिल पार्क एण्ड कर्मसियल कम्प्लेक्सको परियोजना खारेज भएको छ । यी परियोजनाको कामको अनुभव र दक्षता नभएको कारण अस्वीकृत गरिएको लगानी बोर्डले जनाएको छ । विकासन्युज

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top