×

NEPAL TIMES UPDATES

Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026
Playing
Trumpको यूटर्न मायाजाल ! IRGC लाई फसाएर खाडीमा सेटिंग|| Nepal Times
Mar 24, 2026
Playing
“सीमा मिचिँदै गयो भने नेपाल नै हराउन सक्छ” — बुद्धिनारायण श्रेष्ठको चेता*वनी|| Nepal Times
Mar 24, 2026
Playing
ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’ग्रेटर नेपाल’ सम्म|| Nepal Times
Mar 24, 2026

कलंकी र महाराजगञ्जमा मेलम्चीको पाइप बिछ्याउन बैंकसँग ६ अर्ब ऋण प्रस्ताव

२३ श्रावण २०७६

साउन २३, काठमाडौं । इटालियन ठेकेदार कम्पनी सीएमसी काम छाडेर हिँडेपछि मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने अनिश्चित छ । तर, मलेम्चीको पानी वितरण गर्ने संरचना समेत अझै तयार भएको छैन ।

चक्रपथभित्रै कलंकी र महाराजगञ्ज क्षेत्रमा अझै पनि मेलम्चीको पानीलाई लक्षित गरेर नयाँ वितरण लाइन बिछ्याइएको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना विकास निर्देशनालयले हालै यी दुई क्षेत्रमा पाइपलाइन बिछ्याउन एसियाली विकास बैंकसँग ६ अर्ब रुपैयाँ ऋण प्रस्ताव गरेको छ ।

Advertisement

तर, आयोजनाको मुख्य काम अघि नबढेको भन्दै एडीबीले प्रस्तावलाई स्वीकार गरिनसकेको आयोजना विकास निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

सरकारले मलेम्ची आएपछि खानेपानी वितरणलाई प्रभावकारी बनाउने गरी वितरण सञ्जाल विस्तारका गर्न तीन वटा प्याकेजमा काम गरिसकेको छ । वितरण सञ्जालका लागि थप दुई वटा प्याकेजमा ठेक्का लगाउन बजेट जुटिसकेको छैन । त्यसका लागि एसियाली विकास बैंकसँग आयोजनाले ऋण दिन प्रस्ताव गरेको हो । करिब साढे तीन सय किमि क्षेत्रमा पाइप बिछ्याउन ऋण मागिएको छ ।

चक्रपथभित्र यी क्षेत्रमा पाइप बिछ्याउन थालेपछि उपत्यका फेरि एकपटक धुलोले ढपक्कै ढाकिनेछ । एडीबीले यो ऋण रकम स्वीकृत गरे धुम्बाराही, महाराजगञ्ज, सामाखुशी, कलंकीलगायत क्षेत्रमा पाइप बिछ्याउन ठेक्का लाग्नेछ । मेलम्चीको पानी आउँदासम्म यी दुई क्षेत्रमा पाइपलाइन विस्तार भइसक्ने अवस्था छैन । तत्काललाई ती क्षेत्रका बासिन्दाले पुरानै वितरण सञ्जालबाट पानी पाउने खत्रीले बताए ।

पीआईडीले पहिलो चरणमा चक्रपथभित्रका कुल ८४ हजार दुई सय १७ घरधुरीमा नयाँ पाइपलाइन पु‍र्‍याउँदैछ । बाँकी एकतिहाइ घरधुरीले मेलम्ची आएपछि पनि केही समय पुरानै वितरण प्रणालीबाट पानी पाउनेछन् ।

एडीबीले चक्रपथभित्र अहिले सञ्चालनमा रहेको परियोजनाका लागि ८४ अर्ब रुपैयाँ ऋण सहयोग दिएको छ । थप ऋण लिन सरकार प्रयत्नरत छ । चक्रपथभित्रको बाँकी क्षेत्रमा पाइप बिछ्याउन गरिएको विस्तृत इन्जिनियरिङ अध्ययन भइसकेको छ ।

मेलम्ची आएपछि महाराजगञ्ज, सामाखुशी, कलंकी मात्रै हैन पेप्सिकोला, गोठाटार, ठिमी, भक्तपुर, कीर्तिपुर, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटार क्षेत्रमा पनि पाइप बिछ्याउने योजना छ । यस्तै, कपन, बौद्ध, चाबहिल, जोरपाटी र मण्डिखाटारमा पनि नयाँ पाइप बिछ्याउन अध्ययन भइरहेको छ । ती सबैमा गरी करिब पाँच सय किमि पाइप बिछ्याउनुपर्छ । र, त्यसका लागि ठूलै परिमाणमा खर्च हुने अनुमान छ ।

एडीबीले ऋण नदिए सरकार आफैंले बाँकी क्षेत्रमा नयाँ पाइप बिछ्याउन बजेट छुट्यानुपर्नेछ । यी क्षेत्रका थोत्रा पाइप नफेरिए चुहावटको समस्या जटिल बन्ने निश्चित रहेको अधिकारीहरु बताउँछन् ।

नयाँ क्षेत्रमा पाइप बिछ्याउँदा सकडमा धुलो र हिलोको समस्या बढ्ने निश्चित जस्तै छ । तर,पाइप बिछ्याउँदा मुख्य सडक र चोकहरुलाई नखनी ‘माइक्रोटनेलिङ’ अर्थात ‘ट्रेंकलेस’ प्रविधि प्रयोग गर्नेबारे छलफल पनि भएको छ ।

तर, सबै सडकमा यस्तो प्रविधि उपयोग नहुने निर्देशनालय बताउँछ । उक्त प्रविधिमार्फत् सडक नखनी भूमिगत रुपमै पाइप राख्न सकिन्छ ।

Advertisement

तर, यो अहिलेको भन्दा महँगो प्रविधि हो । बढी आवातजावत हुने मुख्य चोक र सडकमा यो प्रविधि अपनाएर पाइप राख्न सकिन्छ कि भनेर अध्ययन भएको छ ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top