२४ साउन,लहान ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ ले सिरहाका १४ किसानलाई सो साफ कट्टर मेशिन उपलब्ध गराएको छ । लहानका कारी यादव, रामउदगार महतो, रामु महतो लगायतलाई लाई साफ कट्टर उपलब्ध गराएको हो ।
साफ कट्टर मेशिन केही महिना अगाडि मन्त्रालयले सूचना जारी गर्दा त्यसताका फर्म भरेका किसानलाई उपलब्ध गराएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए । उनले सूचना प्रकाशित भए अनुसार फर्म भरेकाहरुले मेशिन पाएको बताए ।

