प्रदेश २ मा २ सय ८० जना प्रहरी कारवाहीमा

२५ साउन, सिरहा । 
प्रदेश २ का प्रहरी संगठनमा कार्यरत करिब ३ सय जना प्रहरी कारवाहीमा परेका छन् । आर्थिक लेनदेन, अनैतिक सम्वन्ध, मादकपदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्ने २ सय ८० जनालाई कारवाही थालेको प्रदेश नं.२ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता ज्ञानकुमार महतोले बताए ।

Advertisement

प्रदेश २ का डिआईजी प्रधुम्नकुमार कार्कीका अनुसार संगठनमा गल्ती गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको बताए । प्रदेश २ का आठै जिल्लाबाट एक जना प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान विभागीय कारबाहीमा परेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

संगठनमा शुद्धिकरण चलीरहने बताउँदै यो चालु आर्थिक बर्षमा मात्र २ सय ५९ जना राम्रो काम गर्नेलाई पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । प्रदेश २ का विभिन्न चौकी, इलाका, जिल्ला प्रहरी कार्यलय लगायतका ठाउँमा बस्दा आर्थिक चलखेल गरी घुस लिनुको साथै विभिन्न सामाजिक घट्नामा संलग्न रहेकाहरुलाई आन्तरिक शुद्धिकरण गरिएको प्रदेश नंं. २ का डिआईजी कार्कीले बताए ।

Advertisement

त्यसैगरी राम्रो काम गरेबापत एक वरिष्ठ प्रहरी उपरीक्षक, पाँच प्रहरी उपरीक्षक, ११ प्रहरी नायव निरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरिक्षक, ६२ प्रहरी हवल्दार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गरिएको प्रवक्ता महतोले बताएका छन् । प्रदेश २ मा विगतभन्दा अहिले विभागीय कारबाहीमा पर्नेको संख्या कम भएको भन्दै यस वर्ष प्रहरीको आचरणविपरीत काम गर्नेलाई नसिहत, चेतावनी, निलम्बन, ग्रेड रोक्का, पदोन्नति रोक्का, दर्जा घटुवा, चालचलन सम्बन्धी प्रतिकूल राय दिनेजस्ता कारबाही भएको प्रबक्ता महतोले बताएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top