×

NEPAL TIMES UPDATES

Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026
Playing
अदालतको इजलासमा फिल्म ’लालीबजार’, पुनः सुनुवाइ सुरु || Nepal Times
May 20, 2026
Playing
रेग्मीको बरिष्ठतम् खोसियो, सपनाको कार्यकक्ष सारियो|| Nepal Times
May 20, 2026
Playing
इ*रान यु*द्ध अन्त्य गर्न सीको ४ बुँदे प्रस्ताव, I*S*I*S* र I*S*IL का १७५ लडाकु मा*रिए
May 20, 2026
Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026

धार्मिक यात्रा तय गर्दै समृद्धि र विकासका कुरा

२३ माघ २०७४

–नारायण न्यौपाने

पोखरा– प्रदेशसभाको पहिलो बैठक सोमबार सकिएपछि प्रदेशसभा सदस्यले पहिलो कार्यक्रमका रुपमा आज धार्मिक यात्रा छनोट गर्नुभएको छ ।

Advertisement
Advertisement

आज बिहानै प्रदेश नं ४ का ६० मध्ये ४० भन्दा बढी सांसदले पुम्दीकोट डाँडामा पुगेर भीमकाय शिवमन्दिर बनाउन सहयोग गर्ने सामूहिक अठोटगरे । सँगै धार्मिक यात्रामा रहेका संघीय संसद्का केही सांसदले पनि उनीहरूको अठोटलाई पूरा गराउन आआफ्नातर्फबाट पूर्ण सहयोग र समर्थन हुने प्रतिबद्धता जनाए ।

सोमबारको प्रदेशको पहिलो प्रदेशसभा बैठकमा सहभागी हिमालपारिको जिल्ला मुस्ताङका प्रदेशसभा सदस्य नेकपा एमालेका इन्द्रधारा विष्टदेखि तराईको जिल्ला नवलपरासीबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली त्यहाँ  पुगेका थिए । पोखराको पश्चिमभेगस्थित पुम्दीकोटबाट सम्पूर्ण पोखरासहित माछापुच्र्छे, अन्नपूर्णलगायत हिमशृृंखलाको एकैसाथ अवलोकन गर्न सकिन्छ । विरलै सांसदको उपस्थिति हुने पुम्दीकोटमा एकाबिहानै एक्कासि झण्डै आधा सय सांसदको उपस्थिति देखेर त्यस क्षेत्रका बासिन्दा फुरुंग परेका थिए ।

पोखरा लेखनाथ महानगरपालिका– २२ मा अवस्थित सो ठाउँमा करिब रु ४० करोडको लागतमा महादेवको मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको पुम्दीकोट विकास समितिका अध्यक्ष संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । उनका अनुसार समुद्री सतहबाट एक हजार ४०० मिको उचाइमा रहेको पुम्दीकोटमा विशाल महादेवको मूर्तिसहित १०८–१०८ शिवलिङ्ग र स्वर्गद्वारी सिँढी, स्मृतिउद्यान, बालोद्यान, ध्यानकेन्द्रसहितका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

निर्माण अभियान साकार पार्न महानगरपालिकासँगको साझेदारीमा रु छ करोडको सम्झौता भई बोलपत्र आह्वानको प्रक्रियामा गएको उनले जानकारी दिए । अध्यक्ष बरालले भने,“युवा उद्यमी कमल जैनसँग विशाल महादेव मूर्ति निर्माणसम्बन्धी सम्झौता भइसकेको छ भने वरिष्ठ उद्यमी मुरलीधर रुङटाबाट ठूलो सहयोग प्राप्त भएको छ ।”

सो अवसरमा सांसदले प्रदेश नं ४ लाई मुक्तिनाथ र लुम्बिनीसँग जोडेर धार्मिक पर्यटकीय मार्ग निर्माणका लागि आफूहरूले थप पहलसमेत गर्ने विश्वास दिलाए । शिवको मूर्ति निर्माणस्थल नजिक यसअघि नै स्थापना भएको विश्वशान्ति स्तूप पोखरा आउने पर्यटकका लागि आकर्षक गन्तव्य भइसकेको छ । यसबाट पोखरामा आउने पर्यटकको बसाइ लम्बिने विश्वास गरिएको छ ।

निर्माण सम्पन्न गर्न अघिल्लो वर्ष फागुन ३ गते पुम्दीकोटमा लगाइएको महायज्ञबाट रु आठ करोड सहित २० रोपनी जग्गा सहयोग प्राप्त भएको थियो । सो अवसरमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ, नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, संघीय संसद्का सदस्य रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र प्रदेश नं ४ का सांसद किरण गुरुङ, राजीव पहारी, रामजी बराललगायतले धार्मिक पर्यटकीयस्थलको निर्माण अभियानलाई पूरा गर्न सक्दो सहयोग पु¥याइने वाचा गरे ।

Advertisement
Advertisement

 

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top