×

NEPAL TIMES UPDATES

Playing
४५ सांसदले १७ मातृभाषामा शपथ लिने, कसको कुन भाषामा सपथ ?|| Nepal Times
Mar 25, 2026
Playing
तेहरानमा १२ मा रिए,ट्र म्पको स्टा टसले तेलबजारमा हलचल,यु द्ध लम्ब्याउन उक्सादै|| Nepal Times
Mar 25, 2026
Playing
संघीयताको मर्ममाथि मुख्यमन्त्री कार्कीको ’मजाक’ || Nepal Times
Mar 25, 2026
Playing
मोरङ सुनसरी र झापामा बर्डफ्लू भयावह, विराटनगरमा पनि पुष्टि || Nepal Times
Mar 24, 2026
Playing
वार्ता हुनेमा अरब मुलुकको आशंका, इरानमा किन प्रत्याक्रमण गरेनन् ?|| Nepal Times
Mar 24, 2026
Playing
प्रतिवेदन सार्वजनिक नगरी विदा हुँदैछ सुशीला सरकार? || Nepal Times
Mar 24, 2026
Playing
गगनको गाडी रुक्दैन, रास्वपालाई बधाई,देउवाको घरमा भेटिएको पैसाको अनुसन्धान गर्न माग|| Nepal Times
Mar 24, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-10-2082 || Nepal Times
Mar 24, 2026
Playing
इन्धन जोहो गर्न नेपालमा जोरबिजोर, ग्यास भरिएकै सिलिण्डर|| Nepal Times
Mar 24, 2026
Playing
अमेरिकाविरुद्ध चीनको पनडुब्बी युद्धको तयारी|| Nepal Times
Mar 24, 2026

विद्युतमा छलाङः चुहावट नियन्त्रण हुँदा प्राधिकरणले कमायो ७ अर्ब २० करोड नाफा

२८ श्रावण २०७६

साउन २८, काठमाडौं । नेपाल विद्युत प्राविकरणले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा विगतका वर्षहरुभन्दा उल्लेख्य प्रगति गरेको हो । आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ९० करोड खुद मुनाफा गरेको प्राधिकरणले एक्कै वर्षमा नाफा १४९ प्रतिशतले नाफा बृद्धि गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विगतका वर्षहरुका भन्दा यो वर्षको विद्युत उत्पादन, वितरण खपतमा वृद्धि गर्न सकेको हुनाले देशमा लोडसेडिङको अन्त्य भएको बताए । विद्युत चुहावट पनि नियन्त्रण भएको छ ।

Advertisement

‘करिब २६ प्रतिशतमा रहेको विद्युत चुहावट आर्थिक वर्ष २०७५/०७६ मा १५.३२ प्रतिशतमा सीमित भएको छ,’ उनले भने ‘ तीन वर्ष भित्र १०.४६ प्रतिशतले विद्युत चुहावट नियन्त्रण भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा नेपालमा विद्युत चुहावट २०.४५ प्रतिशत थियो भने आर्थिक वर्ष २०७२/०७३ मा २५.७८ प्रतिशत रहेको थियो । उनले हालको विद्युत चुहावट अन्तराष्ट्रिय अनुसारकै प्राविधिक चुहावट रहेको उल्लेख गरे ।

यस्तै ऊर्जा जलस्रोत तथा सिंचाईँ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेपालको ऊर्जा क्षेत्रमा तीन चार वर्ष अगाडीको स्थिति र हालको स्थिति हेर्दा धेरै फरक भएको बताए । उनले छोटो समयमा विद्युत क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताउँदै ऊर्जा उत्पादन, प्रसारण र खपतमा प्रशंसनिय काम भएको बताए ।

गत आर्थिक वर्षमा नेपाल सरकारको ढुकुटीमा सावा १ अर्ब र विगतका वर्षहरुको ब्याज समेत गरेर १३ अर्ब १६ करोड र रोयल्टी वाफत १ अर्ब ४४ करोड गरी कुल १५ अर्ब ५९ करोड जम्मा गरेको जनाएको छ ।

३२ करोड निर्यात, २३ अर्ब ३ करोड विद्युत आयात

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ४७ लाख युनिट विद्युत निर्यात गरेको बताएको छ । प्राधिकरणले गत आवमा छिमेकी देश भारतमा उक्त युनिटको विद्युत निर्यात गरेको बताएको हो । विद्युत निर्यात ३२ करोड रहेको जनाएको हो ।

गत आवको कुल विद्युत उपलब्धता ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) मध्ये नेपाल विद्युत प्राधिकरणको उत्पादन करिब २ अर्ब ५५ करोड, नीजि उत्पादकहरुको २ अर्ब १९ करोड र आयात २ अर्ब ८१ करोड युनिट रहेको छ । विद्युत खरिद तर्फ नीजि उत्पादकहरुबाट १४ अर्ब १३ करोड र आयात तर्फ २३ अर्ब ३ करोड रहेको छ ।

नेपाल विद्युत प्राधिकरणले गत आवमा ७ सय ५७ सर्किट किमी लाईन सम्पन्न गरी ६ सय ६ सर्किट किमी चार्ज भएको, वितरण लाइन तर्फ ९ हजार ७ सय २२ सर्किट किमी लाइन निर्माण सम्पन्न्न भई चार्ज भएको उल्लेख गरेको छ । गत वर्षमानै प्रसारण र वितरण गरी ४० वटा सवस्टेशन नयाँ विस्तार एवं स्तरोन्नति गरी करिब ९ सय २० एम.भि.ए क्षमता वितरण प्रणालीमा थप भएको छ ।

विगतको भन्दा उलेख्य प्रगति

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले विगतका वर्षहरुभन्दा गत वर्ष विद्युतमा निकै प्रगति भएको बताए । उनले विद्युतका अरु रुपहरु पनि स्थापना गरी सकेसम्म आम नागरिकहरु विद्युतको पहुँचमा पुर्याउने बताए ।

नेपाल विद्युत प्राधिकरणले विगतका वर्षहरु भन्दा गत आर्थिक वर्ष २०७५/७६ मा उल्लेख्य प्रगति गरेको छ । आर्थिक वर्ष २०६६/६७ देखि हाल सम्म अथवा आव २०७५/७६को परिदृश्य हेर्दा विद्युतमा निकै छलाङ मारेको हो ।

Advertisement

पछिल्लो समयता उर्जा उत्पादन तथा प्रसारणमा उल्लेख्य प्रगती गर्दै आएको छ । आर्थिक वर्ष २०६६/६७ देखि हाल सम्म अथवा आव २०७५÷७६को अवस्थालाई नियाल्दा छोटै समयमा प्राधिकरणले उल्लेख्य प्रगति गरेको मान्न सकिन्छ ।

भर्खरको समाचार

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

सम्बन्धित खबरहरु

Scroll to Top