Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 माल्दिभ्स संकटमा, फरक ध्रुवमा उभिए भारत र चीन - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция मङ्लबार माघ ६ , २०८२
1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz मङ्लबार माघ ६ , २०८२
1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026 मङ्लबार माघ ६ , २०८२
1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet मङ्लबार माघ ६ , २०८२
Должностной веб-журнал Ставки получите и распишитесь спорт диалоговый а также казино मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

माल्दिभ्स संकटमा, फरक ध्रुवमा उभिए भारत र चीन

बुधबार माघ २४ , २०७४
Reading Time: 1 min read
A A
माल्दिभ्स संकटमा, फरक ध्रुवमा उभिए भारत र चीन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

टापु राष्ट्र माल्दिभ्समा गहिँरिदै गएको राजनीतिक संकटमा यो क्षेत्रका दुई शक्तिशाली मुलुक भारत र चीन विपरित ध्रुवमा उभिएका छन्।

गत शुक्रबार माल्दिभ्सको सर्वोच्च अदालतले थुनामा रहेका विपक्षी दलका १२ सांसदलाई पुनबर्हाली गर्न आदेश दिएको थियो। सोही आदेशमा ९ जना राजनीतिक बन्दीलाई रिहा गर्न पनि सर्वोच्चले भनेको थियो।

सर्वोच्चको आदेशको तीन दिनपछि राष्ट्रपति अब्दुला  यमिनले देशमा १५ दिने संकटकाल घोषणा गर्दै प्रधानन्यायाधीश र विपक्षी दलका नेतालाई पक्राउ गर्ने आदेश दिएका थिए। संकटकालका बेला राजनीतिक प्रदर्शन गर्नेलगायत नागरिकका आधारभूत हक निलम्बन हुन्छन्।

LS Auto

राष्ट्रपति यमिनले सर्वोच्च अदालतले राजनैतिक वन्दीलाई रिहा गर्न दिएको आदेशले सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गरेको बताएका थिए।

सो आदेश सुनाउने प्रधानन्यायाधीश अब्दुल्लाह सहिदलाई पक्राउ गर्न प्रहरी अदालतभित्रै पुगेका थिए। सहिदसँगै अर्का न्यायाधीश अलि हमिदलाई पनि पक्राउ गरिएको छ।

राष्ट्रपति यमिनका सौतेनी दाइ पूर्वराष्ट्रपति मोहम्मद अब्दुल गयूमलाई घरमै नजरबन्दमा राखिएको सञ्चारमाध्यमले जनाएका छन्।

गयूम ३० वर्ष (सन् १९७८ देखि २००८ सम्म) माल्दिभ्सका राष्ट्रपति थिए।

राष्ट्रपति यमिनले सर्वोच्च अदालतले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने बताएका थिए।

राष्ट्रपतिको दबाबसामू झुक्दै थुनाबाहिर रहेका सर्वोच्चका दुई न्यायाधीशले यसअघि सर्वसम्मत रूपमा सर्वोच्चले गरेको निर्णयलाई उल्ट्याइदिएका छन्।

माल्दिभ्समा सन् २००८ मा लोकतान्त्रिक विधिबाट चुनिएका राष्ट्रपति यमिन नसिदलाई सेना र प्रहरीको मिलेमतोमा २०१२मा बर्खास्त गरिएपछि सुरु भएको संकटको यो पछिल्लो रूप हो।

पछिल्लो संकटले माल्दिभ्समा आफ्नो प्रभावका लागि प्रतिष्पर्धा गरिरहेका चीन र भारतलाई विपरित ध्रुवमा उभ्याएको छ।

माल्दिभ्स लामो समयसम्म भारतको प्रभावमा थियो। १९६५मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि करिब २ दशकअघि सोही उपनिवेशबाट छुटकारा पाएको भारतसँग माल्दिभ्स स्वभाविक रुपमा नजिकियो।

मोहम्मद अब्दुल गयूमले सन् १९७८ देखि तीस वर्षसम्म शासन गर्दा पनि माल्दिभ्सको भारतसँग सुुमधुर सम्बन्ध थियो।

गयूमसँगको मित्रताकै कारण भारतले उनको तानाशाही शासनलाई सहयोग गरिरह्यो।

सन् १९८८ मा गयूमलाई अपदस्त गर्न सैनिक विद्रोह हुँदा भारतले सेना पठाएर सो विद्रोह दबाएको थियो।

२०१२ मा राष्ट्रपति नसिदलाई अपदस्त गरेपछि भारतले त्यसको विरोध गरेको थियो।

राष्ट्रपति यमिन २०१४ मा सत्तामा आएपछि माल्दिभ्स चीनसँग नजिकियो।

भारतीय कम्पनी जिएमआरलाई माल्दिभ्सको माले विमानस्थल स्तरोन्ति गर्न दिएको ठेक्का यमिनले रद्द मात्र गरिदिएनन्, त्यो काम चिनियाँ कम्पनीलाई दिए।

त्यसबाहेक राजधानी माले र नवनिर्मित अर्को शहर जोड्ने पुल र सो सहरमा हाउजिङ परियोजना निर्माण गर्ने ठेक्का पनि चिनियाँ कम्पनीले दिए।

चीन र भारत दुबैका लागि माल्दिभ्सको रणनीतिक महत्व छ।

हिन्द महासागरमा तेल तथा मालबाहक जहाज हिँड्ने जलमार्ग माल्दिभ्सबाट नजिकै छ।  माल्दिभ्सको यही रणनीतिक भूअवस्थितिलाई ख्याल गरेर चीनले उसँग सम्बन्ध बढाउँदै लगेको छ।  चीन र माल्दिभ्सको सम्बन्धलाई महत्व दिँदै चिनियाँ राष्ट्रपति सी चीन फिङले सन् २०१४मा माल्दिभ्सको भ्रमण गरेका थिए।

त्यसको तीन वर्षपछि २०१७ मा चीन र माल्दिभ्सले दुई मुलुकबीच ‘फ्री ट्रेड एरिया’ बनाउने सम्झौतामा हस्ताक्षर गरे।

चीनसँग यस्तो सम्झौता गर्ने दक्षिण एसियामा पाकिस्तानपछि माल्दिभ्स दोस्रो मुलुक हो।  सोही वर्ष माल्दिभ्सले चीनको ‘बेल्ट एन्ड रोड’ अवधारणामा हस्ताक्षर गरेको थियो।

पछिल्लो संकटपछि बेलायतमा निर्वासित जीवन बिताइरहेका अपदस्त राष्ट्रपति नसिदले भारतलाई सेना पठाएर माल्दिभ्समा हस्तक्षेप गर्न आग्रह गरेका छन्।

यसअघि भारतीय विदेश मन्त्रालयले माल्दिभ्समा राजनीतिक बन्दी रिहा गर्ने र विपक्षी दलका सांसदलाई पुनबर्हाली गर्ने सर्र्वोच्च अदालतको आदेश लोकतन्त्र र कानुनको शासनको पक्षमा रहेको जनाएको थियो। सबै पक्षले अदालतको आदेश मान्नु पर्ने पनि भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख थियो।

राष्ट्रपति यमिनले संकटकाल घोषणा गरेर प्रधानन्यायाधीशलाई नै गिरफ्तार गरेपछि सो घटनाले आफूलाई ‘डिस्ट्रब’ गरेको भारतले जनाएको छ।

भारतले आफ्ना नागरिकलाई अतिआवश्यकबाहेक माल्दिभ्समा यात्रा नगर्न सार्वजनिक सूचना गरेको छ।

भारतीय नागरिकलाई उद्धार गर्नदेखि आवश्यक परे माल्दिभ्समा सैनिक हस्तक्षेप गर्नका लागि भारतीय सेनालाई ‘स्टयान्ड बाई’ राखिएको टाइम्स अफ इन्डियाले जनाएको छ।

तर सन् १९८८ मा जस्तो भारतीय सेना माल्दिभ्स जान सजिलो छैन। त्यो बेला माल्दिभ्सको चीनसँग दौत्य सम्बन्ध पनि स्थापित थिएन। अहिले माल्दिभ्स र चीन गहिरो आर्थिक, सामरिक सम्बन्धले जोडिएका छन्।

चीनले माल्दिभ्समा अहिले देखिएको समस्या आन्तरिक रूपमा सुल्झिने र सुल्झाउनु पर्ने बताएको छ।

अपदस्त राष्ट्रपति नसिदले माल्दिभ्समा भारतले सैनिक हस्तक्षेप गर्नुपर्ने आग्रह गरेलगत्तै चीनले आफ्नो भनाइ सार्वजनिक गरेको हो।

बेइजिङमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता केङ सुयाङले भने, ‘हामीलाई विश्वास छ, अहिलेको समस्या आफैं सुल्झाउन माल्दिभ्स सरकार र राजनीतिक दलहरुसँग आवश्यक विवेक र क्षमता छ।’

यसैबीच एसियामा भारतसँग सहकार्य बढाउँदै लगेको अमेरिकाले पनि माल्दिभ्समा भइरहेका गतिविधिलाई नजिकैबाट हेरिरहेको र आफू माल्दिभ्सका जनताका पक्षमा रहेको जनाएको छ।

लोकप्रीय

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

विचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet 1хБет регистрация в взаперти клик Бонус сотне USD Обзакониться во БК 1xbet

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Скачать 1xBet нате телефон и компьютер: безвозмездная выдержка а также детальная инструкция

मङ्लबार माघ ६ , २०८२

1xBet Закачать Sqachat Mobi Rasmiy Kirish Havolasi Uz

मङ्लबार माघ ६ , २०८२

1xbet должностной веб-журнал 1xbet Рабочее гелиостат январь 2026

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.