रविसहित तीनै जनालाई चितवन अदालत पुर्याइयो

३१ साउन, चितवन ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले पक्राउ गरेको तीनै जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा हाजिर गराएको हो ।

उता चर्चित सञ्चारकर्मी रवि लामिछानेका कानुन व्यवसायीहरुले भने तारेखमा छोडेर अनुसन्धान गर्नका लागि पहल गरिरहेको बुझिएको छ । लामिछानेको पक्षबाट नेपाल बार एशोसिएसनका पूर्व महासचिव सुनीलकुमार पोखरेलको नेतृत्वमा कानुन व्यवसायीहरुले म्याद थपबारे बहस गरिरहेका छन् ।

विहीबार साँझ पक्राउ परेर चितवन ल्याइएका तीनै जना आरोपितहरुलाई शुक्रबार मध्यान्न १२ बजे सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर अदालत लगिएको हो । रविका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय चितवनदेखि चितवन जिल्ला अदालतसम्म करिब पाँच सय मिटरको क्षेत्रमा रविको रिहाईको माग गर्दै नाराबाजी गरेका छन् ।

Advertisement

प्रहरीले रवि लामिछानेसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय चितवनको पछाडिपट्टी रहेको प्रहरी नायब उपरीक्षकको क्वाटरबाट निकालेर पछाडिको बाटोबाट नै अदालतमा उपस्थित गराएको छ ।

रवि लामिछानेको रिहाईको माग गर्दै भरतपुरको चौबिसकोठीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराउन खोज्ने रविका पाँच जना समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले चितवनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top