रंगेली बजारमा सीसी क्यामेरा जडान

रंगेली : सम्भाव्य अपराध नियन्त्रणका लागि रंगेली नगरपालिकाले रंगेली बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेको छ । रंगेली नगरपालिकाले रंगेली प्रवेश गर्ने र बाहिरिने स्थानसहित मुख्य बजारका ६ स्थानमा सीसी क्यामेरा जडान गरेको हो ।

Advertisement

नगरपालिकाले करिब १७ लाखको लागतमा रंगेली बजारको मुख्य काली मन्दिर चोक, मधुवनी रोड, बसपार्क, छोटी भन्सार,चोप्राहा रोड, भोटुवाबु चोक र नगरपालिका अगाडी सीसी क्यामेरा जडान गरेको छ ।

रंगेली नगरपालिकाका कार्यकारी अधिकृत टोमप्रसाद सुवेदीका अनुसार बजार क्षेत्रमा हुने सम्भाव्य घटना नियन्त्रणसँगै प्रहरीलाई अपराध अनुसन्धानका लागि सहयोग पुग्ने हेतुले बजार क्षेत्रमा क्यामेरा जडान गरेको बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top