पत्रकार शालिकरामको भिडियो परिवारहरूले दिनुभयोः किशोर श्रेष्ठ

३२ साउन, काठमाडौँ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी अनुसन्धान सुस्त देखिएजस्तो लागेपछि माउन्टेन टिभीका सम्वादददाता रामेश्वर सुबेदीकै सामु प्रहरीबाट डाइङ डिक्लरेशन कपी गरी लगिसकेका परिवारका सदस्यहरू घटनाको सातौं दिन आइतबार साँझ मेरो कार्यालयमा आएर शालिकरामको मरणअघिका दुई भिडियो क्लिप सेयर इटमार्फत मेरो मोबाइलमा ट्रान्स्फर गर्दै भन्नुभयो– ‘दाइ, तपाईं संकटकालमा पनि नडग्मगाएको मान्छे, यसको आधारमा समाचार बनाएर खबरदारी गरिदिन पर्यो ।’

हामीले त्यसरी प्राप्त ८ मिनेट २७ सेकेन्ड र ४ मिनेट ५७ सेकेन्डका छुट्टाछुट्टै ती क्लिप्सका केही अंश उल्लेख गर्दै बुधबारको दिन ‘पत्रकारले मर्दामर्दै खोलेको पोल’ शीर्षकअन्तर्गत जनआस्थामा समाचार प्रकाशन गर्यौं । स्तम्भकार मित्र संकेत कोइराला ‘नेपाल आज’मा पनि संलग्न भएको र उहाँहरूसमेतले पत्रिकाबाट उक्त खबर धेरै वटा अनलाइनले साभार गरिसकेको हुँदा हामीले पनि पोस्ट गर्न पाँउ न भनी आग्रह गर्नुभएबमोजिम ती भिडियो सार्वजनिक रूपमा उपलब्ध गराइएको हो । संसारभरका पत्रकारको पहिलो कर्तव्य प्राप्त प्रमाणित सामग्री अरु कसैले भन्दा पहिले आफ्ना दर्शक र श्रोतासामु प्रस्तुत गर्नुहुने गर्दछ, त्यही कर्तव्य पालना मात्र हामीबाट भएको हो जहाँसम्म सामग्री प्राप्तीको सवाल छ, एउटा पत्रकारले सबैको चासो रहेको भिडियो फेला पारेर जनताबीच ल्याउँदा किन, कसरी भन्दै आशंकाको पहाड खडा गर्नु आश्चर्यको कुरा हो, यसबीच केही मित्रले वास्तविकतै नबुझी, आफूखुसी काल्पनिक कथा छापी स्वार्थ्सिद्ध गर्न र परिस्थितिलाई अर्कै दिशातर्फ मोड्न चाहेको देखियो !

Advertisement

उक्त भिडियोको कन्टेन्टबारे हाम्रो भन्नु केही छैन, सरोकारवाला निकायले नै अनुसन्धानबाट खुट्याउलान, हाम्रो भनाइ त यति मात्रै हो कि यस प्रकरणमा विश्वभरका एक से एक आइटी विज्ञहरूलाई झिकाएर त्यति समयभन्दा बढीको भिडियो क्लिप छ भने रिकभर या प्रमाणित गरेर देखाए हुन्छ, जब कूल १३ मीनेट २४ सेकेण्डभन्दा लामो भिडियो नै खिचिएको छैन भने सम्पादन गरेको या कसैलाई हुने, कसैलाई नहुने गरी प्रकाशन या प्रशारण गरिएको प्रश्नै उठ्दैन ! घामजस्तै छर्लङ्ग वास्तविकता यही हो र यही मात्रै हो, यस प्रकरणमा कोही कसैलाई अनावश्यक मुच्छ्ने या विषयान्तर गर्ने जरुरतै छैन ! हामी जसरी यस मामिलामा टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलको निर्दोषित प्रमाणित होस् भन्ने चाहन्छौं । त्यसरी नै श्रमजीवी पत्रकार शालिकराम पुडासैनीले समेत अकाल मरेर पनि अन्याय भोग्न नपरोस् भन्ने ठान्दछौँ ! हामीले अफिसियल रुपमै रविजीलाई पोहोर पनि बिदेशी नागरिकता र राहदानी त्यागेर नेपाली बनी, आफ्नै देशको एक असल करदाताका हैसियतले कानूनी रुपमै पत्रकारिता थाल्न बिनम्र आग्रह गरेका भिडियो क्लिपहरू युट्युबमा सर्च गर्दा पाउन सक्नुहुन्छ, न हाम्रो पुरानो चिनाजानी, न बिट एउटै, न एकार्काको प्रतिस्पर्धी, न त कुनै दुश्मनी नै, सम्बन्ध शत्रुतापूर्ण हुनेले कहिल्यै पनि आउनोस् मिलिजुली देश र जनताको हित अनुकूल पत्रकारिता गरौं भन्दै यसखाले सुझाव दिँदैन ! ३३ बर्षको पत्रकारिता जीवनमा हामीले थुप्रै आरोह-अवरोह झेलेका छौँ र सम्पूर्ण सञ्चारकर्मीलगायत सबै सबै देशबासीप्रति पुनः यो पनि विनम्र आग्रह गर्दछौं कि अनाहक कोही, कसैमाथि, कहिल्यै पुस्ट्याइँ बिनाका आरोप नलगाऊँ ! सस्तो आरोपले तत्काललाई टिआरपी त बढाउला तर त्यसले इमानको स्खलन र सत्यको हत्या गराइरहेको हुन्छ ।

हाम्रो पेशागत कर्म र धर्मबारे केही भ्रम भए या लेख्न मन लागे सिधै सम्पर्क गर्दा हुन्छ, सक्दो जानकारी दिन हर्दम तयार छौँ, हाम्रा कुनै पनि गतिविधि अपारदर्शी छैनन् । अनि हामीले झेलेको भुक्तमान र लगाइएका झूठ आरोपहरू तथ्यको कसीमा लल्याकलुलुक गलेका उदाहरण निकट विगतमै छन् ! गल्ती नगर्दासम्म कसैले आत्तिनु पर्दैन भन्ने कुराका हामी आफैं भुक्तभोगी हौं ! र, हामीले कानूनी प्रक्रियाबाटै आफूमाथिका समुच्च आरोपको न्यायिक निरुपण गरेका छौँ ! पुनश्चः भिडियो प्रकरणको वास्तविकतालाई आफ्नो निहित स्वार्थबस् तोडमरोड नगर्न र हाम्रो पेशागत आचरण तथा तपाईं हामी आफ्नै लेखनप्रति जनबिश्वासको असामयिक अवसान हुन नदिन हार्दिक अनुरोध गर्दछौँ ! वस्तुनिष्ठ आलोचना र सिर्जनात्मक सुझावको सधैं सम्मान गर्ने नै छौं !
श्रेष्ठले फेसबुकमा लेखेको विचार

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top