अष्ट्रेलियाको अर्थतन्त्रमा विद्यार्थीकाे याेगदान २४ खर्ब डलर, यस्ता छन् विद्यार्थीलाई काम गर्ने सुविधा

१ भदौ, काठमाडौँ ।
अष्ट्रेलिया अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि संयुक्त राज्य अमेरिका र बेलायत पछाडि तेस्रो सबैभन्दा लोकप्रिय गन्तव्य हो। सांस्कृतिक विविधता र उच्च गुणवत्ताको शिक्षाका कारण अष्ट्रेलियालाई अन्तराष्ट्रिय विद्यार्थीहरूले अध्ययनको लागि छनौट गर्ने गरेका छन्।

कंगारुको भूमि भनेर चिनिने अष्ट्रेलियालाई एक सुरक्षित देशको रुपमा पनि लिने गरिएको छ। अन्य धेरै देशको तुलनामा कमाइ र जीवनस्तरको लागि उत्कृष्ट मूल्य प्रदान गर्ने,  अमेरिका र बेलायतको दाँजोमा बस्ने खर्च र पढाई खर्च पनि निकै सस्तो भएको कारण अष्ट्रेलिया विद्यार्थीहरुको रोजाइमा परेको हो। यहाँ पढ्नुको अर्को फाईदा भनेको यहाँ पढाईको क्रममा पेड ईन्टर्नसिप हो।

यद्यपी धेरै विद्यार्थीहरुलाई अष्ट्रेलियाको काम गर्ने नितिको बारेमा निकै नै कम ज्ञान छ। अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुलाई चिन्ताको बिषय भनेको त्यहाँ गएपछि काम के-कस्तो गर्न पाईन्छ भन्ने रहेको छ। उनीहरुलाई अष्ट्रेलियामा कति समय काम गर्ने व्यवस्ता छ भन्ने कुरा सबैभन्दा बढी ठूलो चिन्ताको बिषय हुन्छ। नीति नजानेको अवस्थामा विद्यार्थीहरुको भिसा रद्द हुनसक्छ। अष्ट्रेलिया सरकारको अनुसार अन्तराष्ट्रिय विद्यार्थीलाई कामलाई लिएर कस्ताे प्रावधान रहेको भनेर यहाँ उल्लेख गरिएकाे छ ।

Advertisement

अष्ट्रेलियामा अन्तरराष्ट्रिय विद्यार्थीले काम गर्ने प्रावधान

अष्ट्रेलियामा अध्ययन भिसासँगै काम अनुमति भिसा विद्यार्थीहरूलाई दिइएको हुन्छ । अष्ट्रेलियामा अध्ययनको क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीले क्याम्पस भित्र र बाहिर काम गर्न अनुमति दिइएको हुन्छ। अष्ट्रेलियन सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई हप्ताको २० घण्टा काम गर्न अनुमति दिएको छ। यस्तै विद्यार्थीहरुले कलेजहरु नलागेको समयमा जति पनि काम गर्न पाउने व्यवस्था रहेको छ।

Advertisement

विद्यार्थीहरुले अष्ट्रेलियामा कक्षा सुरु हुनुभन्दा ९० दिन अगाडि आउन पाउँछन् तर उनीहरुले कक्षा संचालन नभएसम्म काम गर्न पाउँदैनन्। यस्तै कलेज लागेको समयमा विद्यार्थीहरुले हप्तामा २० घण्टा भन्दा बढी काम गरेको पाईएमा उनीहरुको भिसा रद्द हुने सक्ने सभावना बढी हुन्छ।

विद्यार्थीका परिवार सदस्यहरूको लागि कार्य नियमहरू

अध्ययन गरिरहेको अन्तराष्ट्रिय विद्यार्थीको पार्टनर अथवा छोराछोरीलाई काम गर्न पाउने व्यवस्था पनि त्यही रहेको छ। तर उनीहरुले लामो बिदाको समयमा पनि हप्ताको २० घण्टा भन्दा बढी काम गर्न पाउँदैनन्। यद्यपी मास्टर्स अध्ययन गरिरहेका विद्यार्थीको परिवारको सदस्यले भने जति पनि काम गर्ने व्यवस्था रहेको छ। तर उनीहरुले पनि कोर्स सुरु नभएको अवस्थामा काम गर्न भने पाउने छैनन्।

पढाई पुरा गरेपछि 

पढाई पुरा गरेपछि अन्तराष्ट्रिय विद्यार्थीहरूले अष्ट्रेलियामा १८ महिना देखि ४ बर्ष बस्न पाउने व्यवस्था रहेको छ। यो उसकाे योग्यतामा आधारित हुन्छ। यसको लागि विद्यार्थीलाई सबैभन्दा पहिला Skilled Temporary (subclass 485) visa को आवश्यक हुन्छ। यसको लागि योग्य हुन तपाई ५० बर्ष भन्दा कम उमेरको, अाइएलटीएसमा ६ भन्दा माथि अंङ्क  ल्याएको र अंग्रेजी भाषा बोल्ने हुनुपर्छ। विद्यार्थीकाे यदी ब्याचलर डिग्री भए २ बर्ष, मास्टर्स डिग्री भएको अवस्थामा ३ बर्ष र पिएचडी भएको अवस्थामा ४ बर्ष बस्ने व्यवस्था रहेको छ।

कति कमाउँछन् ?

अष्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरुलाई घण्टाको १८ देखि २३ अष्ट्रेलियन डलर पे गर्ने प्रावधान रहेको छ। यसको अर्थ विद्यार्थीहरुले हप्तामा ४ सय अष्ट्रेलियान डलर कमाउँछन् र यसरी हेर्ने हो भने उनीहरुले महिनामा २ लाखको हाराहारिमा कमाउने देखिन्छ। यसको साथै जाडो, गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गरेर आफ्नो जीविकोपार्जन गर्न सक्छन् ।

२०१८ मा मात्रै अष्ट्रेलियामा ५ लाख ४८ हजार अन्तराष्ट्रिय विद्यार्थीहरु भर्ना भएका थिए। उक्त सालको डाटा अनुसार अन्तराष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा २४ खर्ब भन्दा बढी योगदान पुर्याएका छन्। यो रकमले पनि विद्यार्थीहरुको अष्ट्रेलिया प्रति भएको लगाव र विश्वास देख्न सकिन्छ।

शैक्षिक परामर्शदाताहरु मास्टर्स अध्ययनको लागि अष्ट्रेलिया जान सुझाव दिन्छन् किनभने त्यसरी जाँदा विद्यार्थीलाई क्यानाडामा जीवनयापन गर्न सहज हुन्छ भन्ने उनीहरुको भनाई छ। त्यहाँको अध्ययनको खर्च विश्वविद्यालय पिच्छे फरक फरक रहेको छ । यद्यपी अन्तराष्ट्रिय विद्यार्थीले अष्ट्रेलिया मास्टर्स अध्ययन गर्नको लागि करिब २० हजार अष्ट्रेलियन डलर अर्थात नेपाली १६ लाख जस्तो खर्चा गर्नुपर्ने अवस्था रहेको छ। यस्तै अहिलेको अष्ट्रेलियाको १ बर्षको बसाई खर्च १५ देखि २० हजार अष्ट्रेलियन डलर अर्थात नेपाली ११ लाख देखि १७ लाख रहेको छ। विकासन्युज

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top