×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजनीतिक दलहरुबीचको सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्ने

१ भाद्र २०७६

भदौ, एजेन्सी।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभित्र रहेका राजनीतिक दलहरुबीचको सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदभित्रका दलहरुबीचको सहकार्यले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्ने बताएका हुन् ।

 संसद अवरोधरहित ढंगले क्रियाशील छ भन्दै उनले खुशी व्यक्त गरे । प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थामा पुरानो व्यवस्थाका मानिसहरुले पनि गतिविधि गर्न पाउने भन्दै उनीहरुले व्यवस्थालाई कमजोर बनाउन विभिन्न गतिविधिहरु गरिरहेको आरोपसमेत लगाए ।

Advertisement

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न खोज्ने तत्वप्रति सबैले सजह हुनुपर्नेमा उनले जोड दिए । “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो प्रणाली नयाँ हो । जुन प्रणाली हामीले निर्माण गरेका संविधानले तय गरेको छ । यो नयाँ प्रणाली भएको हुनाले पुराना प्रणालीका सम्बाहकहरु पक्षधरहरु पनि यस देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएको हुनाले उनीहरुले पनि खुलेयाम गतिविध गर्न पाउने नै कुरा भयो, पाएका छन्,” ओलीले भने, “तर, यो सुन्दर प्राणलीले अभ्यासलाई परिपक्व र पूर्णता प्राप्त गर्न नपाउँदै यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने तत्वहरु पनि छन् । जसप्रति हामी सजग हुन जरुरी छ ।”
उनले संविधानसम्मत र दायराभित्र सरकार चल्ने प्रष्ट्याउँदै प्रतिगमनतिर जाने, व्यवस्था उल्ट्याउने कुरा सरकारलाई मान्य नहुने बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादतर्फ नगएको भन्दै हल्ला नगर्न सुझाए ।

Advertisement

“जनताको निराशामा टेकेर हल्ला फैलाउँदैछ । जनतामा थप निराशा ल्याइयो । जनताको विश्वास भत्काइने प्रयास गरिँदैछ,” उनले भने, “कोही भन्दा कम लोकतन्त्रका लागि संघर्ष गरेर सफलता प्राप्त गरेको छैन । सरकार अधिनायकवादतिर गएको छैन ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top