गौशाला, २५ माघ ः महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले सुनसहित एक युवकलाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको यज्ञभूमि–९ बस्ने २७ वर्षीय किरण राई रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।
काठमाडौँबाट आएका युवक राईलाई बर्दिबासको भोला वसन्त चोकमा शंका लागि प्रहरीले जाँच गर्दा उनले लगाएको ज्याकेटको भित्री खल्तीबाट आठ तोला सुन बरामद भएको प्रनाउ पोखरेलले बताए ।
उनले काठमाडौँबाट तस्करी गरी ल्याएको करिब रु पाँच लाख मूल्यको सो सुन बर्दिबासमै बेच्ने उद्देश्यले आएका बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।
सुनसहित पक्राउ परेका युवक राईलाई आवश्यक कारबाहीका लागि क्षेत्रीय राजश्व कार्यालय पथलैया पठाइएको इप्रका बर्दिबासले जनाएको छ ।रासस