अल नेपाल लियो मिट २०१८ को तयारी तिब्र पारिएको छ ः चाँन्दबाबु इराकी

२४ माघ ७४, बिहीबार

चाँन्दबाबु इराकी
लियो मल्टिपल डिस्ट्रिक्ट प्रेसिडेन्ट, ३२५ नेपाल वर्ष २०१७÷१८
लायन्स क्लबको लायन्स क्लबको भातृ संस्थाको रुपमा रहेको लियो क्लवको अल नेपाल लियो मिट २०१८ आगामि फागुन ३ र ४ गते मोरंगको कटहरी स्थित गोपाल फनपार्कमा हुदैछ । दुई दिन सम्म हुने उत्त कार्यक्रमका विभिन्न कार्यक्रमहरु हुनेछन् । यसै सेरोफेरोमा नेपाल टाइम्सका समाचार प्रमुख किशोर विश्वकर्माले लियो मल्टिपल डिस्ट्रिक्ट ३२५, २०१७÷१८ नेपालका प्रेसिडेन्ट चाँन्दबाबु इराकी सँग कुराकानी गरेका छन् । प्रस्तुत छ प्रेसिडेन्ट इराकी सँग गरिएको कुराकानीको सार संक्षेप ः

लियो क्लब के हो ? संक्षिप्तमा बताइदिनुहोस न ।
मुलत ः लियो क्लब सवैलाई सेवा गर्ने उदेश्यले आज भन्दा ६० वर्ष अघि स्थापना भएको हो । लियो क्लवले निस्वार्थ भावनाले समाजमा सेवा गर्छ । समग्रमा भन्नुपर्दा नि स्वार्थ सेवा नै लियो क्लबको मन्त्र हो ।

लियो क्लब धनाढ्यहरुको संस्था भनिन्छ नि ?
सवैले यहि प्रश्न गर्नुहुन्छ । तर वास्तवमा लियो क्लब धनाढ्य वा धनि युवाहरुको मात्र संस्था होइन । लियो क्लबका केहि मामपदण्ड पुरा गरे जो कोही पनि यसको सदस्य बन्न सक्नु हुन्छ ।

Advertisement

तपाईँहरु सेवाको नाममा विभिन्न सेवामुलक कार्यक्रमहरु गर्दै आउनु भएको छ कार्यक्रम गर्दा लाग्ने खर्च चाँही कसरी जुटाउनु हुन्छ ?

तपाईले एकदमै राम्रो प्रश्न उठाउनुभयो । हामि विभिन्न समयमा विभिन्न किसिमका सेवा मुलक कार्य र कार्यक्रमहरु सञ्चालन गरिरहेका हुन्छौँ । त्यसमा लाग्ने खर्चहरु हामि लियो क्लबकै सदस्यहरुबाट जुटाउछौँ भने केही लायनहरुले पनि हामिलाई सहयोग गर्नुहुन्छ ।

Advertisement

अगामि फागुन ३ र ४ गते २ दिन अल नेपाल लियो मिट २०१८ गर्दै हुनुहुन्छ भन्ने जानकारी पाइयो के उदेश्यले कार्यक्रम आयोजना गर्दैै हुनुहुन्छ ?

हो हामिले फागुन ३ र ४ गते लायन्स क्लब स्थापनाको १ सय वर्ष र लियो क्लबको पनि स्थापना भएको ६० वर्ष पुगेको अबसर पारेर विराटनगर सँगै जोडिएको कटहरी स्थित गोपाल फन पार्कमा अल नेपाल लियो मिट २०१८ को आयोजना गर्दैछौँ । जसको उदेश्य फेलोसिप, रिलेसनसिप, आपसी भाइचारा, नेतृत्व विकास गर्ने उदेश्यले आयोजना गरेका हौँ ।

कार्यक्रममा कति सहभागिको अपेक्षा गर्नुभएको छ ?

नेपालका २ सय भन्दा बढी लिये क्लबमा आवद्ध एउटा क्लबबाट कम्तिमा २० जनाको सहभागिता रहेने अपे्क्षा गरिएको छ । समग्रमा देशभरीबाट ५ सय भन्दा बढी लियो सदस्यहरुको सहभागिता हुनेछ ।

अल नेपाल लियो मिटमा के–के कार्यक्रम हुन्छन् ?

यसमा मोटिभेसन, सेमिनार, स्पिच प्रोग्राम, विभिन्न खेलहरु, टिम विल्डीङलगायतका कार्यक्रमहरु गरिने छ ।

कार्यक्रममा क–कसलाई आमन्त्रण गर्नुभएको छ ?

हाम्रो कार्यक्रममको उद्घाटन पूर्व राष्ट्रपति डा. रामवरण यादव ज्यूबाट हुनेछ । हामिले कार्यक्रममा नेपाल सरकारका मन्त्री, पुर्व मन्त्री , राजनितिक दलका केही नेता ज्यूहरु, लायन्सका विभिन्न पदमा रहेका लायन ज्यूहरु लगायत विशिष्ट व्यक्तिहरुलाईसमेत आमन्त्रण गरेका छौँ ।

अल नेपाल लियो मिट गर्न कति खर्च लाग्ने अनुमान गर्नुभएको छ र त्यो खर्च कहाँबाट जुटाउँदै हुनुहुन्छ ?

अल नेपाल लियो मिटमा हामिले मोटामोटी ४ देखि ५ लाख रुपैयाँ सम्म लाग्ने अनुमान गरेका छौँ । केहि खर्च हामि लियो क्लबकै सदस्यहरुबाट जुटाउँछौँ, केही लायन्स क्लबले सहयोग गर्नेछ र केही खर्च हामिले स्पोनसरसिपबाट पनि संकलन गर्नेछौँ ।

तयारी कस्तो गर्नुभएको छ ?
अल नेपाल लियो मिट २०१८ लाई सफल पार्न हामिले विभिन्न समिति उपसमिति गठन गरेर तिब्र तयारी पारेका छौँ । इभेन्टको आयोजनाका लागि हामिले रञ्जन शाहीलाई संयोजकको जिम्मेवारी तोकेका छौँ । त्यस्तै कार्यक्रमको सफलताका लागि आवास, सुरक्षा तथा स्वयंसेवक, यातायात, खाना व्यवस्थापन, इभन्ट म्यानेजमेन्ट, सञ्चार, फोटोग्राफिलगायतका विभिन्न उपसमितिहरु गगठ गरेर काम अगाडी बढाएका छौँ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top