डा. केसीको हातमा प्रधानन्यायाधीशका प्रमाणपत्र

२५ माघ ७४, शुक्रबार

काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्र र नागरिकतामा छानबिनको माग गर्दै अनशनमा बसेका डा.गोविन्द केसीले बिहीबार सर्वोच्च अदालतबाट सबै प्रमाणपत्रको प्रतिलिपी बुझेका छन् ।

केसी अधिवक्ता ओमप्रकाश अर्याललाई साथमा लिएर दिउँसो सर्वोच्च अदालत पुगेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

केसीले सर्वोच्चको १५ नम्बर मुद्दा फाँटबाट प्रधानन्यायाधीश पराजुलीको एसएलसीको प्रमाणपत्र, ट्रान्सक्रिप्ट, नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय र न्यायपरिषद्ले पठाएका पत्रलगायत सक्कलबमोजिम नक्कल प्राप्त गरेका हुन् ।

Advertisement

‘सबै कागजातको नक्कल सर्वोच्च अदालतबाट प्राप्त गरेका छौं। अध्ययन हुन बाँकी छ’, डा.केसीका कानुन व्यवसायी रहेका अधिवक्ता अर्यालले भने ।

प्रधानन्यायाधीश पराजुलीले आफूले नागरिकता लिने समयमा उमेर मात्र कायम हुने प्रचलन रहेकाले उमेर स्पष्ट गर्न प्रतिलिपि निकाल्दा जन्ममिति खुल्ने गरी २०१० वैशाख १६ गते कायम गरेको दाबी गर्दै आएका छन्।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top