८ भदौ, विराटनगर ।
सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुन अहिलेसम्मकै उच्च भाउमा आइतबार खरिदविक्रि भयो ।
आज (आइतबार) एकै दिन सुन तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
शुक्रबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।

