सिडिओलाई फेसबुकमार्फत गाली गर्ने एक युवक प्रहरी नियन्त्रणमा

८ भदौ, वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

बाराको सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरिएको हो ।

गुप्ता कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई गालीगलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement

उनलाई हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top