गायक सुनिल थापा मगरको “ढाट्या भए मै मरि जाउला” गीत सार्वजनिक

२८ कात्तिक २०८३, शनिबार
Share this
699shares

२८ कार्तिक , काठमाण्डौ ।

Advertisement

गायक सुनिल थापा मगरको नयाँ गीत “ढाट्या भए मै मरि जाउला” सार्वजनिक भएको छ ।

गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

Advertisement

गीतमा इन्द्रजित भुलको शब्द र खेम सारु मगरको संगीत छ ।

सुनिलसँगै सङ्गीता मसाङ्गी मगरले स्वर दिएकी छन् ।

प्रेम, समन्वय र भावनात्मक उतारचढावलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले छोटो समयमै सामाजिक सञ्जालमा चर्चा कमाएको छ ।

संगीत संयोजन बिसाल निरौलाको रहेको छ ।

अलंकार रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि रञ्जन राईले सम्हालेका छन् ।

म्युजिक भिडियोको छायांकन मुस्ताङका रमणीय ठाउँमा गरिएको छ ।

भिडियोमा जे.बी. बिसाल र अस्टिना लामाले अभिनय गरेका छन् ।

नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरको, क्यामेरा तथा ड्रोन एकान्त पुवछाने मगरको र श्रृङ्गार प्रमिला लोप्चन तामाङको छ ।

प्रोडक्सन खेम सारु मगरले सम्हालेका छन् भने निर्देशन, करेक्सन र कलर एकान्त मगरले गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top