आइतबार मुख्य दिन अस्ताउँदो सूर्यको अघ्र्य दिइने

२८ कात्तिक २०८३, शनिबार
Share this
741shares

२८ कार्तिक , काठमाण्डौ ।

Advertisement

आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै।

आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइदै ।दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्ने ।

Advertisement

खीर प्रसादको रूपमा घरपरिवारका सदस्यहरूले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु ।

पहिलो दिन ब्रतालुहरूले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्ने चलन ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन ।

आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अघ्र्य दिइने ।

सोमबार बिहान उदाउँदो सूर्यको अघ्र्य दिएपछि छठपर्व समापन ।

यो पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइ प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने प्रचलन ।

सरकारले छठ पर्वको अवसरमा सोमबार पनि दिएको छ सार्वजनिक बिदा ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top