२८ कार्तिक , काठमाण्डौ ।
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ दौडबाट बाहिरियो ।
पहिलो सिजनको विजेता जनकपुर शुक्रवार भएबको खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिन भयो वाध्य ।

जनकपुरले ७ खेलमा २ खेलमा मात्रै जित निकाल्दा ५ खेलमा बेहोर्नु प¥यो हार ।
यस्तै, यो नतिजापछि कर्णाली याक्स पनि प्लेअफ दौडबाट बाहिरियो ।
कर्णालीको ६ खेलबाट ४ अंक ।
अन्तिम खेल जितेपनि उसको ६ अंकमात्रै हुनेछ जुन प्लेअफका लागि हुनेछैन पर्याप्त ।
जितसँगै चितवनको भने प्लेअफ सम्भावना कायमै ।
एक खेल बाँकी रहेको चितवनले अन्तिम खेल कर्णाली याक्ससँग खेल्ने ।
उक्त खेल जितेमा चितवन प्लेअफमा पुग्ने ।
जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
डेविड मलानले अविजित ३५ रनको योगदान दिए भने कुशल मल्लले १५ तथा रवि बोपाराले १३ रन जोडे ।
बलिङतर्फ जनकपुरका राहुल यादवले तीन, ललित राजवंशीले दुई तथा विशाल शुस्लिङले लिएका थिए एक विकेट ।
टस जितेर ब्याटिङ रोजेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर ८८ रनमात्रै बन्यो सिमीत ।
हरमीत सिंहले २५, विशाल शुस्लिङले १५ तथा राहुल यादव र सन्तोष कार्कीले १०–१० बनाएका थिए रन स्कोर ।
बलिङतर्फ चितवनका रञ्जित कुमारले तीन तथा सिकन्दर रजा र कुशल मल्लले दुई–दुई लिएका थिए विकेट ।
यस्तै, कमल ऐरी र रिजन ढकालले एक–एक सफलता पारेका थिए हात ।



